महाराष्ट्रका कृषकहरूलाई ‘जैविक फसल उत्पादन तथा पशु पालनको निम्ति प्रविधि प्रदर्शन’ तालिम
वरिष्ठ वैज्ञानिक (बागवानी) डा. आशीष यादवले कार्यक्रमको समन्वयन गर्दै जैविक किवी फलको उत्पादन तकनिकीका साथमा कम लागतको प्लास्टिक सुरूङ अनि ओतमा बाह्रमासै जैविक सब्जी उत्पादन विधिबारे जानकारी गराए| यसै गरी वरिष्ठ वैज्ञानिक (कृषि वन) डा. मातबेर सिंहले ठूलो अलैंचीको जैविक उत्पादनबारे अवगत गराए| वरिष्ठ वैज्ञानिक (पशु प्रजनन) डा. रफिकुल इस्लामले जैविक खेतीको सम्बन्धमा बाख्रा अनि कुखुरा पालनको महत्त्वबारे जानकारी दिए| यसरी नै वैज्ञानिक (पशु प्रजनन) डा. बृजेश कुमारले जैविक कृषि अनि बागवानी उत्पादन प्रणालीमा गाई-वस्तुका साथमा सुँगुर, चौंरी अनि भ्याङलुङ पालनको महत्त्वबारे जानकारी दिए| पूणेका कृषकहरूलाई विक्रमसिंह निम्बल्करले समन्वयन गरेका थिए| सरल तरिकाले प्रविधि हस्तान्तरणको सन्दर्भमा आइसीएआर-एनओएफआरआइद्वारा विकसित प्रविधिबारे कृषकहरूसँग अन्तरक्रिया पनि आयोजन गरिएको थियो|
आगन्तुक कृषकहरूले गहन चासो देखाउँदै आइसीएआरको पहलको सराहना गरे| टोलीका सबै सदस्यले आइसीएआर-एनओएफआरआइको शोध स्थलको पनि भ्रमण गरे जहॉं चालू शोध एवं विकास गतिविधिबारे अवगत गराइयो| एसआरएफ अविनाश, आदर्श कुमार, सुश्री रजनी प्रधान, सुश्री सुजाता राई अनि पुष्कलद्वारा कार्यक्रम आयोजन गर्न सहयोग पुर्याइएको थियो|
0 comments