मिशन एडुकेशन अन्तर्गत 1.5 लाख गरीब विद्यार्थीहरूलाई पाठ्य सामाग्री वितरण

sikkimdainik | Monday, November 28, 2016 | 0 comments

सतपाल महाराजद्वारा स्कुल अन् व्हील्स प्रोजेक्ट लोकार्पण

गान्तोक, 28 नोभेम्बर। मिशन एडुकेशन अन्तर्गत मानव उत्थान सेवा समितिले देशका गरीब नानीहरूका निम्ति स्कुल अन् व्हील्स पायलट प्रोजेक्ट आराम्भ गरेको छ। स्कुल अन् व्हील्स पायलय प्रोजेक्ट अन्तर्गत स्कुल स्वंय गरीब नानीहरूकोमा पुगेर नानीहरूलाई शिक्षा प्रदान गर्नेछ। आर्थिक विपन्नताका कारण स्कुल जान असमर्थ नानीहरूलाई शिक्षा उपलब्ध गराउने उद्धेश्यले मानव उत्थान सेवा समितिद्वारा यो स्कुल अन् व्हील्स पायलट प्रोजेक्ट आराम्भ गरिएको हो। हालै देशको राजधानीमा मानव उत्थान सेवा समितिद्वारा आयोजित राष्ट्रीय युवा संगोष्ठीको अवसरमा मानव धर्मका प्रणेता तथा मानव उत्थान सेवा समितिका संस्थापक सतपालजी महाराजको बाहुलीद्वारा स्कुल अन् व्हील्स पायलट प्रोजेक्ट अन्तर्गत मिशन एडुकेशन वाहनको लोकार्पण गरियो।'

एउटा क्लास रूममा परिणत गरिएको शिक्षक शिक्षिकाद्वारा सुसज्जित बस प्रत्येक दिन ती नानीहरूकोमा जो आर्थिक विपन्नताका कारण स्कुल गएर शिक्षा आर्जन गर्न असमर्थ छन् समक्ष पुगेर शिक्षाको ज्योति छर्नेछन्। स्कुल अन् व्हील्स पायलट प्रोजेक्टलाई देशको सबै राज्यहरूमा पुऱ्याउने मानव उत्थान सेवा समितिले लक्ष्य लिएको छ। स्कुल अन् व्हील्स पायलट प्रोजेक्ट अन्तर्गत बसलाई क्लास रूमको स्वरूप दिइएको छ। सीटको साथमा टेबल पनि जोडिएको छ। सम्पूर्ण पाठ्य सामाग्री लिएर प्रत्येक दिन बस गरीब मानिसहरूका बस्तीमा जानेछ र तिनीहरूका नानीहरूलाई एकत्रित गरेर शिक्षा प्रदान गर्नेछ।

मिशन एडुकेशन मानव उत्थान सेवा समितिद्वारा सञ्चालित एउटा देशव्यापी महत्वकाँक्षी अभियान हो। गत वर्षदेखि मात्र आराम्भ गरिएको मिशन एडुकेशनले सफलतापूर्वक एक वर्ष पुरा गरेकोमा मानव उत्थान सेवा समितिले राजधानी दिल्लीमा नेशनल युथ मिशन एडुकेशन सेमिनार आयोजन गरेको थियो।

देशको विभिन्न प्रान्तबाट आएका लाखौं युवाहरूलाई सतपाल महाराजका पुत्र विभूजी महाराजले विशेष सम्बोधन गरेका थिए। मिशन एडुकेशन अन्तर्गत मानव उत्थान सेवा समितिका युवाहरू विभिन्न निजी विद्यालयमा गएर त्यहाँ अध्ययनरत विद्यार्थीहरूलाई गरीब नानीहरूका निम्ति पुस्तक खाता पेन्सिल इत्यादि पाठ्य सामाग्री दान गर्न अपिल गर्छन् र दानमा संग्रह गरिएको सामाग्रीहरू गरीब विद्यार्थीहरूलाई वितरण गर्दछन्। आर्थिक समस्याका कारण पाठ्य सामाग्रीहरूको अभावमा स्कुल छाड़न बाध्य बनेका गरीब विद्यार्थीहरूका शिक्षा आर्जनमा निरन्तरता प्रदान गर्नु मिशन एडुकेशनको मुख्य उद्धेश्य हो।

मानव धर्मका प्रणेता एवं मानव उत्थान सेवा समितिका संस्थापक सतपालजी महाराज र उहाँका पुत्र विभूजी महाराजको प्रेरणाद्वारा आराम्भ गरिएको मिशन एडुकेशन अन्तर्गत पाठ्य सामाग्री संग्रह गर्दा दानकर्ताबाट कुनै प्रकारको नगद, चेक स्वीकार गरिँदैन तर उनीहरूबाट गरीब विद्यार्थीहरूका निम्ति आवश्यक पाठ्य सामाग्री मात्र लिइने गरिन्छ। मानव उत्थान सेवा समितिले मिशन एडुकेशन अन्तर्गत हालसम्म देशभरी डेढ़ लाख गरीब विद्यार्थीहरूलाई पाठ्य सामाग्री वितरण गरिसकेको छ। 

Category:


0 comments

Check This too

loading...

Featured

  • एक युगको अन्त्य
    सिक्किमका पूर्व मुख्यमन्त्री श्री नरबहादुर भण्डारीको दिल्लीमा उपचारको क्रममा निधन गान्तोक, 17 जुलाईः सिक्किमको राजनैतिक इतिहासका एक स्तम्भ एवं सिक्किमको सिङ्गो इतिहास बोकेका पूर्व मुख्यमन्त्री...
  • अव्यवस्थित सड़क मार्गका कारण डीसी कोर्ट स्ट्याण्ड परिसरमा ट्राफिक जामको समस्या
    गान्तोक, 13 मईः स्थानीय सिच्छेस्थित जिल्लापाल कार्यालय स्ट्याण्ड परिसरमा सड़कको स्थिति अव्यवस्थित बन्न थालेपछि दिनदिनै यातायातमा समस्या उत्पन्न हुन थालेको छ। बर्खायाम जति-जति नजिकिँदैछ उति नै सड़कको...
  • Jaharman Rai: The unsung Hero of Sikkimese History
    Late Jaharman Rai was also a son of an ordinary Sikkimese peasant of Tinzir Busty at Namchi in South Sikkim. Born on 2 July 1915, Late Rai was the youngest child of Late Ashdhan Rai. After the...