निहालजोतका मेधावी विद्यार्थीहरूलाई सम्मान

Unknown | Monday, June 13, 2016 | 0 comments

प्रकाश फुयँल
नक्सलबारी, १३ जून । नक्सलबारीस्थित निहालजोत गाउँबाट यस वर्षको माध्यमिक तथा उच्च माध्यमिक परीक्षामा उत्कृष्ट अङ्क ल्याउने विद्यार्थीहरूलाई नागरिक सम्मान जनाइयो। 

निहालजोत नागरिक समाजको पक्षबाट आयोजना गरिएको एउटा औपचारिक कार्यक्रममा तीनजना विद्यार्थीलाई सम्मान जनाइएको थियो। नक्सलबारी हेरिटेज एकाडेमीकी शिक्षिका श्रीमती नीता पराजुलीको अध्यक्षता तथा कथाकार जयप्रसाद दाहाल, समाजसेवी राजेन्द्र बहादुर कार्की, श्रीमती गङ्गा गुरुङ, श्री मीनबहादुर छेत्रीको उपस्थितमा सम्पन्न कार्यक्रममा विद्यार्थीहरूलाई अबिर अनि खदा लगाएर सम्मान जनाइएको थियो। 

सम्मानित हुने विद्यार्थीहरूमा रेन्बो इङ्गलिस स्कूलबाट यस वर्षको माध्यमिक परीक्षामा ६५ प्रतिशत अङ्क ल्याएर उत्तीर्ण गर्ने कैलाश सुवेदी, बीएसएफ कदमतला स्कूलबाट उच्च माध्यमिक परीक्षामा ६५ अङ्क ल्याएर उत्तीर्ण गर्ने सुपर्णा तामाङ अनि नक्सलबारी हिन्दी हाई स्कूलबाट उच्च माध्यमिक परीक्षामा ८० प्रतिशत अङ्क ल्याएर उत्तीर्ण गर्ने प्रियङ्का तामाङलाई अतिथिहरूको बाहुलीबाट सम्मान जनाइएको थियो।

कार्यक्रममा उपस्थित अतिथिहरूले सम्मानित हुने विद्यार्थीहरूलाई उनीहरूको उज्ज्वल भविष्यको कामना गर्दै शुभकामना दिएका थिए। कथाकार तथा कार्यक्रमका अतिथि जयप्रसाद दाहालले विद्यार्थी नानीहरूले आफ्नो भविष्य निर्माणका लागि कठोर परिश्रम गर्नुपर्ने र आफ्ना नानीहरूका पढाइमा अभिभावकहरूले पनि सक्दो सहयोग पुर्यााउनु पर्ने बताए। ओमप्रकाश छेत्रीद्वारा सञ्चालित कार्यक्रममा ससाना विद्यार्थी नानीहरूका लागि बाल कलाकारहरूले सांस्कृतिक कार्यक्रमको पनि आयोजना गरेका थिए।

Category:


0 comments

Check This too

loading...

Featured

  • एक युगको अन्त्य
    सिक्किमका पूर्व मुख्यमन्त्री श्री नरबहादुर भण्डारीको दिल्लीमा उपचारको क्रममा निधन गान्तोक, 17 जुलाईः सिक्किमको राजनैतिक इतिहासका एक स्तम्भ एवं सिक्किमको सिङ्गो इतिहास बोकेका पूर्व मुख्यमन्त्री...
  • अव्यवस्थित सड़क मार्गका कारण डीसी कोर्ट स्ट्याण्ड परिसरमा ट्राफिक जामको समस्या
    गान्तोक, 13 मईः स्थानीय सिच्छेस्थित जिल्लापाल कार्यालय स्ट्याण्ड परिसरमा सड़कको स्थिति अव्यवस्थित बन्न थालेपछि दिनदिनै यातायातमा समस्या उत्पन्न हुन थालेको छ। बर्खायाम जति-जति नजिकिँदैछ उति नै सड़कको...
  • Jaharman Rai: The unsung Hero of Sikkimese History
    Late Jaharman Rai was also a son of an ordinary Sikkimese peasant of Tinzir Busty at Namchi in South Sikkim. Born on 2 July 1915, Late Rai was the youngest child of Late Ashdhan Rai. After the...