आइसीएसआइ-सिक्किम विश्‍वविद्यालय अध्ययन केन्द्र स्थापना गर्न समझदारी पत्रमा हस्ताक्षर

sikkimdainik | Wednesday, November 30, 2016 | 0 comments

गान्तोक, ३० नोभेम्बर: सिक्किम विश्‍वविद्यालय परिसरमा आइसीएसआइ-सिक्किम विश्‍वविद्यालय अध्ययन केन्द्र स्थापना गर्न सिक्किम विश्‍वविद्यालय र इन्स्टीट्यूट अव् कम्पनी सेक्रेटरिज् अव् इण्डिया (आइसीएसआइ) बीच हिजो समझदारी पत्रमा हस्ताक्षर गरियो|

आइसीएसआइ संसदीय ऐनअन्तर्गत स्थापित एउटा वैधानिक एकाइ हो (कम्पनी सचिव ऐन, १९८० अर्थात् १९८० को ५६)| समुचित करपोरेट शासनलाई सहयोग गर्न उच्च योग्यताका पेशेवरहरू विकास गर्ने लक्ष्यका साथ भारतमा कम्पनी सचिवहरूको पेशा विकास एवं नियमन गर्न स्थापित भारतको एक मात्र मान्यताप्राप्त पेशेवर प्रतिष्ठान हो| आइसीएसआइले भारत सरकारको करपोरेट मामिला मन्त्रालयको अधीनमा कार्य परिचालन गर्दछ|

यस आशयको समझदारी पत्र सिक्किम विश्‍वविद्यालयका पञ्जियक टीके कौल अनि आइसीएसआइ-ईआइआरओका संयुक्त निर्देशक डीभीएनएन शर्माद्वारा सिक्किम विश्‍वविद्यालयका उपकूलपति प्रो. टीबी सुब्बाको उपस्थितिमा हस्ताक्षर गरिएको थियो| विभिन्न विभागका डीन, विभाग प्रमुखका साथै वाणिज्य, विधि एवं प्रबन्धनका सङ्काय सदस्यहरूका साथमा दुवै विश्‍वविद्यालय अनि आइसीएसआइका अधिकारीहरूको पनि यस अवसरमा उपस्थिति रहेको थियो|

गान्तोकमा अध्ययन केन्द्रको स्थापनाले आइसीएसआइको पेशेवर कार्यक्रम अध्ययन गर्न सिक्किम अनि छिमेकी क्षेत्रका विद्यार्थीहरूलाई सहायता पुर्‍याउने क्रमको शुभारम्भ ठहरिनेछ| (पीआइबी)

Category:


0 comments

Check This too

loading...

Featured

  • एक युगको अन्त्य
    सिक्किमका पूर्व मुख्यमन्त्री श्री नरबहादुर भण्डारीको दिल्लीमा उपचारको क्रममा निधन गान्तोक, 17 जुलाईः सिक्किमको राजनैतिक इतिहासका एक स्तम्भ एवं सिक्किमको सिङ्गो इतिहास बोकेका पूर्व मुख्यमन्त्री...
  • अव्यवस्थित सड़क मार्गका कारण डीसी कोर्ट स्ट्याण्ड परिसरमा ट्राफिक जामको समस्या
    गान्तोक, 13 मईः स्थानीय सिच्छेस्थित जिल्लापाल कार्यालय स्ट्याण्ड परिसरमा सड़कको स्थिति अव्यवस्थित बन्न थालेपछि दिनदिनै यातायातमा समस्या उत्पन्न हुन थालेको छ। बर्खायाम जति-जति नजिकिँदैछ उति नै सड़कको...
  • Jaharman Rai: The unsung Hero of Sikkimese History
    Late Jaharman Rai was also a son of an ordinary Sikkimese peasant of Tinzir Busty at Namchi in South Sikkim. Born on 2 July 1915, Late Rai was the youngest child of Late Ashdhan Rai. After the...