महाराष्ट्रमा एक महिलाले जन्माइन् छाला बिनाको बच्चा

Unknown | Monday, June 13, 2016 | 0 comments

हृदयस्पर्शी तर स्वीकार्न गर्नै पर्ने घटना प्रकाशमा आएको छ| हामीले प्रायः अचम्भित र मार्मिक घटनाहरू यस धरातलमा घटेको देखेका र सुनेका छौं| यस्तै एक घटना भारतमा घटेको छ|
महाराष्ट्रको एक प्रमुख शहर नागपुरको एक अस्पतालमा गत शुक्रवार एक महिलाले शरीरमा छाला बिनाको बच्चा जन्माएकी छिन्| शरीरमा छाला नभएको उक्त बच्चको जिउभरि चिरा परेको छ भने मुख र आँखाको भागमा रातो छ| यो बच्चाको अहिले लता मंगेशकर नामक अस्पतालको आइसीयूमा उपचार चलिरहेको बताइएको छ|

वास्तवमा यस्ता समस्या हुने बच्चाहरूलाई हार्लेक्विन भनिन्छ भने डाक्टरहरूअनुसार भारतमा हार्लेक्विन बच्चा जन्मिएको यो पहिलो अवसर हो| यो एक दुर्लभ वंशाणुजन्य रोग हो भने विश्वमा हरेक ३ लाखमधेय एकजनामा यस्तो समस्या पाइनसक्ने विज्ञहरूको मन्तव्य रहेको छ|

यो रोग भएका बच्चा जन्मिँदा पूरै शरीर बाक्लो कत्लाले ढाकिएको हुन्छ भने पछि गएर त्यसमा चिरा पर्न थाल्छ| यसका साथै शरीरको बाहिरी अंग पनि राम्रोसँग विकशित भइसकेको हुँदैन भने चिरा परेको ठाउँहरूमा संक्रमण हुनसक्ने खतरा बढ़ी हुन्छ|

(‘हार्लेक्विन बेबी’ को ४८ घण्टा पछि नै मृत्यु भएको छ|)
अप्डेट समाचार पढ्नको निम्ति तलको लिङ्कमा थिच्नु होस्
https://sikkimdainik.blogspot.in/2016/06/indias-first-harlequin-baby-dies.html

Category:


0 comments

Check This too

loading...

Featured

  • एक युगको अन्त्य
    सिक्किमका पूर्व मुख्यमन्त्री श्री नरबहादुर भण्डारीको दिल्लीमा उपचारको क्रममा निधन गान्तोक, 17 जुलाईः सिक्किमको राजनैतिक इतिहासका एक स्तम्भ एवं सिक्किमको सिङ्गो इतिहास बोकेका पूर्व मुख्यमन्त्री...
  • अव्यवस्थित सड़क मार्गका कारण डीसी कोर्ट स्ट्याण्ड परिसरमा ट्राफिक जामको समस्या
    गान्तोक, 13 मईः स्थानीय सिच्छेस्थित जिल्लापाल कार्यालय स्ट्याण्ड परिसरमा सड़कको स्थिति अव्यवस्थित बन्न थालेपछि दिनदिनै यातायातमा समस्या उत्पन्न हुन थालेको छ। बर्खायाम जति-जति नजिकिँदैछ उति नै सड़कको...
  • Jaharman Rai: The unsung Hero of Sikkimese History
    Late Jaharman Rai was also a son of an ordinary Sikkimese peasant of Tinzir Busty at Namchi in South Sikkim. Born on 2 July 1915, Late Rai was the youngest child of Late Ashdhan Rai. After the...