शहीद सावित्री-इन्द्रेणी स्मृति कप: धिमाल बन्धु नेपाल विजयी
प्रकाश फुँयल

आयोजक समितिका सभापति विनायक शर्मा, नक्सलबारी-खोरीबारी गोर्खा नागरिक मञ्चका सभापति जयप्रसाद दाहाल, स्थानीय जेष्ठक नागरिक हरिप्रसाद शर्मा अनि मिनबहादुर खड्का, पञ्चायत सदस्य अमोल घोष तथा विजेता ट्रफी दाता स्व. बमबहादुर रायाका परिवार सदस्य सुश्री अनु छेत्री तथा उपविजेता ट्रफी दाता भूषण प्रधानको उपस्थितिमा सञ्चालित खेलमा सांस्कृतिक कार्यक्रमको पनि आयोजना गरिएको थियो। फाइनल खेलमा दुवै दलले विजय हासिल गर्न कडा परिश्रम गरे तापनि अघिबाटै दुई गोल गरिसकेको नेपालविरुद्ध गोल फर्काउन विरोधी दललाई हम्मे हम्मे परेको थियो।
विजेता तथा उपविजेता दललाई मेडल तथा ट्रफीसहित नगद राशि १५ हजार अनि १० हजार प्रदान गरिएको थियो। विजेता दललाई स्व. बमबहादुर रायाकी नातिनी सुश्री अनु छेत्रीको बाहुलीबाट ट्रफी प्रदान गरिएको थियो भने आयोजक समितिका सभापति विनायक शर्माको बाहुलीबाट नगद राशि प्रदान गरिएको थियो.। यसरी नै उपविजेता दललाई भूषण प्रधानको बाहुलीबाट ट्रफी अनि आयोजक समितिका सचिव विकास थापाको बाहुलीबाट नगद राशि प्रदान गरिएको थियो। टुर्नामेण्ट अवधिमा अम्पायरको भूमिका निर्वाह गर्नुहुने अर्जुन खड्का तथा लाइन्समेनको भूमिका निर्वाह गर्नुहुने देवीबहादुर राणा अनि शम्भु खड्कालाई पनि सम्मान जनाइएको थियो।
0 comments