अल रम्फू लोकट ट्याक्सी कम् ओनर्स वेलफेयर एसोसिएशनद्वारा डस्टबीन ब्याग वितरण

भूतपूर्व अध्यक्ष गंगाराम छेत्रीको राजीनामा पश्चात् रिक्त भएको पदमा संगठनको कार्यलयमा एक विशेष बैठक आयोजन छोपेल भोटियालाई अध्यक्ष चयन गरियो भने गणेश राईको राजीनामा पश्चात् रिक्त भएको महासचिवको पदमा गोविन्द विश्वकर्मलाई पदभार सुम्पियो। यसरी नै कोषाध्यक्षको निम्ति गंगाराजलाई चयन गरियो भने प्रचार सचिवमा विशाल छेत्री र राजू प्रधानलाई चयन गरियो।
बैठकमा विगतका समयमा गरिएका कार्यक्रमहरुबारे चर्चा गर्दै ट्याक्सी चालक केबी छेत्रीको समस्या समाधानार्थ विशेष पहल गरिने निर्णय पनि लिइयो। पत्रकार सञ्जय अगरवालले चालक संगठनको यस सभालाई संक्षिप्त रूपमा सम्बोधन गर्दै पर्यटकीय दृष्टिकोणले चालकहरूको भूमिका महत्वपूर्ण रहने जनाउँदै सिक्किमको एक जिम्मेवार नागरिक रहेकोले आफ्नो महत्त्वलाई बुझेर सिक्किमको पर्यटनलाई अझ थप टेवा पुर्याउने सोच लिएर अघि बढ़्ने अपील गरे। यस अवसरमा चालक संगठनद्वारा स्वच्छ भारत मिशनअन्तर्गत सबै ट्याक्सीहरुमा डस्टबीन ब्याग प्रयोगको निम्ति प्रोत्साहित गर्दै निःशुल्क डस्टबीन ब्याग वितरण गरियो।
Category: various
0 comments