अव्यवस्थित सड़क मार्गका कारण डीसी कोर्ट स्ट्याण्ड परिसरमा ट्राफिक जामको समस्या

Unknown | Saturday, May 13, 2017 | 0 comments

गान्तोक, 13 मईः स्थानीय सिच्छेस्थित जिल्लापाल कार्यालय स्ट्याण्ड परिसरमा सड़कको स्थिति अव्यवस्थित बन्न थालेपछि दिनदिनै यातायातमा समस्या उत्पन्न हुन थालेको छ। बर्खायाम जति-जति नजिकिँदैछ उति नै सड़कको अवस्था पनि जीर्ण बन्दै गइरहेको छ। 

विभिन्न किसिमका केबल तारहरू, सिवरेजका पाइपहरू गाड़्नका लागि सड़क खननको कार्य अनि लापर्वाही ढंगमा विभिन्न किसिमका संरचनाहरू यसरी बसालिने कार्यले पनि सड़कको अवस्था नाजुक बन्दै गइरहेको स्थानीयवासीको भनाइ छ। अर्कोतिर, साँघुरो जमीनी सतह, दिनदिनै वाहनहरूको बढ़्दो संख्या, पर्यटन मौसम चलिरहेकोले हिजो-आज यस स्थानमा घण्टौंसम्म ट्राफिक जाम हुने गरेकोले वाहन चालक र यात्रीहरूको टाउको दुखाइ छ। विशेष गरेर कार्यालयको समयमा यस सड़क मार्गमा धेरै लामो समयसम्म ट्राफिक जाम हुनेगरेको छ भने दिनमा अनेकन वाहनहरू यसै स्थानमा फस्ने गरेकोले ट्राफिक जामको समस्या झनै बढ़ने गरेको छ। यहाँ दिनहुँ ट्राफिक जाम हुने गरेको छ, गाड़ीहरू फस्ने गरेकोले आधा सिच्छेसम्म गाड़ीको ताँत लाग्ने गरेको छ, स्थानीय एक ट्याक्सी चालकले यस किसिमको गुनासो गरे। 

यहाँ अव्यवस्थित ढंगमा सड़कको टर्निङ राखिएको छ तथा ठूला-ठूला वाहनहरू टर्निङ लिनपर्दा पछिपट्टिको चक्का सोझै नालीमा झर्ने गरेकोले पटक-पटक समस्या उत्पन्न भइरहेको छ। सड़कको दुवै भाग एकदमै साँघुरो भएकोले एकपछि अर्को गर्दै पालो पर्खेर टर्निङ लिनपर्ने हुनाले धेरै समय लाग्ने गरेकोले ट्राफिक जामको समस्या छ। सम्बन्धित पक्षले बर्खायाम शुरू हुन अघिनै यस स्थानमा यातायात सुचार गर्ने दिशामा पहल नगरे स्थिति झनै जटिल बन्दै जाने सम्भावना प्रबल छ। 

स्मरण रहोस्, सिच्छेको डीसी कोर्ट हुँदै जाने सड़क मार्ग दक्षिण अनि पश्चिम जिल्लाको मुख्य सड़कमार्ग हो। यसै सड़क मार्गमा दिनहुँ हजारौंको संख्यामा वाहनहरू आवत-जावत गर्ने गरेको छ। साना र ठूला दुवै किसिमका वाहनहरू यसै सड़कमार्गमा गुड्ने गरेकोले सम्बन्धित विभागले उक्त स्थानमा वाहनहरूको चलाचल सुगम बनाउने दिशामा शीघ्र पाइला चाल्नुपर्ने सरोकारवालाहरूको भनाइ छ।

Category:


0 comments

Check This too

loading...

Featured

  • एक युगको अन्त्य
    सिक्किमका पूर्व मुख्यमन्त्री श्री नरबहादुर भण्डारीको दिल्लीमा उपचारको क्रममा निधन गान्तोक, 17 जुलाईः सिक्किमको राजनैतिक इतिहासका एक स्तम्भ एवं सिक्किमको सिङ्गो इतिहास बोकेका पूर्व मुख्यमन्त्री...
  • अव्यवस्थित सड़क मार्गका कारण डीसी कोर्ट स्ट्याण्ड परिसरमा ट्राफिक जामको समस्या
    गान्तोक, 13 मईः स्थानीय सिच्छेस्थित जिल्लापाल कार्यालय स्ट्याण्ड परिसरमा सड़कको स्थिति अव्यवस्थित बन्न थालेपछि दिनदिनै यातायातमा समस्या उत्पन्न हुन थालेको छ। बर्खायाम जति-जति नजिकिँदैछ उति नै सड़कको...
  • Jaharman Rai: The unsung Hero of Sikkimese History
    Late Jaharman Rai was also a son of an ordinary Sikkimese peasant of Tinzir Busty at Namchi in South Sikkim. Born on 2 July 1915, Late Rai was the youngest child of Late Ashdhan Rai. After the...