नागरिक मञ्चद्वारा मेधावी विद्यार्थीहरूलाई सम्वर्द्धना

Unknown | Thursday, July 07, 2016 | 0 comments

दाहालका कथागत प्रस्तुति सामाजिकः जनार्दन थापा

नक्सलबारी, ८ जुलाई (प्रकाश फुँयल)।  
यस वर्षको माध्यमिक तथा उच्च माध्यमिक परीक्षामा अब्बल अङ्क ल्याएर उत्तीर्ण गर्ने नक्सलबारी-खोरीबारी ब्लकका नेपालीभाषी मेधावी विद्यार्थीहरूलाई सामूहिक रूपमा सम्वर्द्धना जनाइयो। खोरीबारी खण्डको दुलालजोतमा आयोजित तथा नक्सलबारी-खोरीबारी ब्लक नागरिक मञ्चको पक्षमा आयोजना गरिएको सो कार्यक्रममा नक्सलबारी भेकका कथाकार जयप्रसाद दाहालको दोस्रो कथा सङ्ग्रह ‘उखानको बखान’-माथि समीक्षात्मक चर्चा पनि गरिएको थियो। मञ्चयजोत जुनियर हाई स्कूल सञ्चालन समितिका सभापति रामकुमार छेत्रीको अध्यक्षतमा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि तथा प्रमुख वक्ताका रूपमा डुवर्सका शिक्षक जनार्दन थापाको विशेष उपस्थिति रहेको थियो भने कार्यक्रममा कथाकार जयप्रसाद दाहालको पनि उपस्थिति रहेको थियो। कार्यक्रममा नक्सलबारी-खोरीबारी ब्लकका २३ जना नेपालीभाषी मेधावी विद्यार्थीहरूलाई सो अवसरमा सम्वर्द्धना जनाइएको थियो।

आयोजक समितिका सदस्य शङ्कर राईद्वारा सञ्चालित तथा भीम कोइरालाको स्वागत भाषणमा शुरु भएको कार्यक्रममा प्रमुख वक्ताद जनार्दन थापाले आफ्नो वक्तव्यमा कथाकार जयप्रसाद दाहालले आफ्ना कथाहरूका माध्यमबाट हाम्रो समाजको चित्र देखाउने प्रयास गरेको उल्लेख गरे। ‘समाजका कुनै पनि समस्यालाई हेर्दा निरपेक्ष अथवा व्यक्तिगत जस्तो लागे पनि त्यो समस्या समग्रमा शासन व्यवस्थाको उपज हुन्छ’- भन्दै थापाले भने-‘कथा-साहित्यको माध्यमबाट कथाकार-साहित्यकारले तिनै समस्याहरूलाई उजागर गर्ने प्रयास गर्नुपर्छ।’ दाहालका कथागत प्रस्तुतिलाई सामाजिक रूपमा बुझ्न पनि उनले आह्वान गरे। कार्यक्रममा सम्मानित हुने विद्यार्थीहरूलाई सम्बोधन गर्दै थापाले समाजमा विद्यार्थीहरूलाई पढ्ने अनुकूल वातावरण सिर्जना गर्न प्रत्येक अभिभावकको मात्र नभएर सामाजिक विकासमा क्रियाशील सङ्घ-संस्थाको भूमिका रहेकोमा पनि जोड दिए। 

आयोजक समितिको कार्यलाई प्रशंसा गर्दै उनले प्रत्येक विद्यार्थीमा पढ्ने संस्कारको विकास गर्न ग्रामीण पुस्तकालय स्थापनामा प्रयास गर्नुपर्ने सुझाउ पनि दिए। दुलालजोत-मञ्जयजोतका पञ्चायत सदस्यद्वय तुलाराम शर्मा, हरिमाया छेत्री, दुलालजोत नेपाली प्राथमिक पाठशालाका प्रधान शिक्षक सर्वजीत घतानी, राई समाज सेवा समितिका सभापति सूर्य राई, डुवर्स नगरकट्टाकाका शिक्षक नारायण छेत्री, समाजसेवी मोहन छेत्रीको उपस्थितिमा सम्पन्न कार्यक्रमलाई कथाकार जयप्रसाद दाहालले सम्बोधन गरेका थिए। दाहालले आफ्नो सम्बोधनमा लेखक-साहित्यकारलाई समाजमा हेयको दृष्टिाले हेर्ने गरेको अनुभव पोखे।

 ‘समाजमा केही गर्न नसकेका निकम्माहरूले मात्र साहित्य लेख्छन् भन्ने धारणा छ’ भन्दै दाहालले भने-‘तर होइन, समाजमा अरूले देख्न  नसकेका सामाजिक समस्याहरूलाई लेखक-साहित्यकारहरूले देख्छन् र त्यसलाई साहित्यको माध्यमबाट समाजमा बताइन्छ।’ सुन्दर र सभ्य समाज निर्माणका लागि आजका कलिला विद्यार्थीहरूलाई सही तरिकाले ‘गाइड’- गर्नु ठूलो आवश्यकता रहेको पनि दाहालले सो अवसरमा बताए।

Category:


0 comments

Check This too

loading...

Featured

  • एक युगको अन्त्य
    सिक्किमका पूर्व मुख्यमन्त्री श्री नरबहादुर भण्डारीको दिल्लीमा उपचारको क्रममा निधन गान्तोक, 17 जुलाईः सिक्किमको राजनैतिक इतिहासका एक स्तम्भ एवं सिक्किमको सिङ्गो इतिहास बोकेका पूर्व मुख्यमन्त्री...
  • अव्यवस्थित सड़क मार्गका कारण डीसी कोर्ट स्ट्याण्ड परिसरमा ट्राफिक जामको समस्या
    गान्तोक, 13 मईः स्थानीय सिच्छेस्थित जिल्लापाल कार्यालय स्ट्याण्ड परिसरमा सड़कको स्थिति अव्यवस्थित बन्न थालेपछि दिनदिनै यातायातमा समस्या उत्पन्न हुन थालेको छ। बर्खायाम जति-जति नजिकिँदैछ उति नै सड़कको...
  • Jaharman Rai: The unsung Hero of Sikkimese History
    Late Jaharman Rai was also a son of an ordinary Sikkimese peasant of Tinzir Busty at Namchi in South Sikkim. Born on 2 July 1915, Late Rai was the youngest child of Late Ashdhan Rai. After the...