गोर्खाल्याण्ड आन्दोलनमा माओवादीको हात रहेको आरोप लगाउन ममता ब्यानर्जीले बन्द गरोस्ः विमल गुरूङ

Unknown | Tuesday, August 01, 2017 | 0 comments

दार्जीलिङ। वर्तमान समयमा पहाड़मा चलिरहेको गोर्खाल्याण्ड आन्दोलनमा बंगालकी मुख्यमन्त्री ममता ब्यनर्जीले उत्तर-पूर्वी एवं माओवादीको हात रहेको छ भन्दै बारम्बार आरोपहरू लगाउँदै आइरहेकी छन्। यस प्रकारका आरोपहरू लगाउने काम बन्द गरियोस्। सो मन्तव्य गोजमुमो प्रमुख विमल गुरूङले पातलेबासस्थित पार्टी कार्यालयमा पत्रकारहरूलाई सम्बोधन गर्ने क्रममा व्यक्त गरेका हुन्। उनले भने, विगत दुई महिनादेखिको छुट्टै राज्य गोर्खाल्याण्डको मागलाई लिएर आन्दोलन चल्दैछ अनि यी मागहरूलाई लिएर 47 दिनदेखि बन्द जारी छ यति मात्र नभएर गोर्खाल्याण्ड समर्थकहरू आमरण अनशनमा बसेका छन्। 

यस अवधि ढुङ्गा-मुड़ा आदि जस्ता घटनाहरू घट्दै आइरहेको तर आन्दोलनकारीहरूले हतियार उठाएको छैन बरू बंगाल पुलिसको गोलीले गोर्खाल्याण्ड आन्दोलनकारीहरू शहीद भएका छन्। बिना प्रमाण बंगालकी मुख्यमन्त्री ममता ब्यनर्जीले चल्दै गेरको गोर्खाल्याण्ड आन्दोलनलाई नर्थ इष्ट एवं माओवोदीसंग जोड़ने काम नगरोस् भनी गुरूङले चेताउनी दिए। आक्रोशित मुद्रामा गुरूङले भने, मुख्यमन्त्री ममता ब्यनर्जीले मुखमा जे आयो त्यो बोल्न हुँदैन। उनीसंग पुलिस प्रशासन छ। विभिन्न प्रकारको गुप्तचर एजेन्सीहरू छन्। यदि हाम्रो आन्दोलनमा माओवादीको हात रहेको छ भने प्रमाणित गरोस् तर विना प्रमाण कसैलाई यस्तो प्रकारको झूटो आरोपहरू लगाउने काम कदापि नगरोस्। यदि बिना प्रमाण आरोपहरू लगाउँदा-लगाउँदै कुनै प्रकारको अप्रिय घटनाहरू घटे त्यसको जिम्मेवार मुख्यमन्त्री ममता ब्यनर्जी स्वंय हुनेछन्, गुरूङले भने।

आन्दोलनकारीहरूले गणतान्त्रिक नीतिलाई अघि राखेर छुट्टै राज्य गोर्खाल्याण्डको आन्दोलन चलाउँदै आइरहेका छन् तर आन्दोलनलाई बिथोल्न मुख्यमन्त्री ब्यनर्जीले माओवादीसंग जोड़ने झूटो असफल प्रयास गर्दै आइरहेको छ भन्दै गुरूङले मुख्यमन्त्री ब्यनर्जीले निहत्थे आन्दोलनकारीहरूमाथि पुलिस लगाएर गोली ठोक्ने काम गर्दैछ। तृणमूल कार्यकर्ता अनि जे लका कैदीहरूलाई पुलिसको उर्दी लगाएर आन्दोलनकारीहरूमाथि गोली चलाउने कार्यहरू गर्दै आइरहेको गुरूङले गम्भीर आरोप लगाए। सुकना अनि डुवर्समा पुलिस प्रशासनले आन्दोलनकारीहरूमाथि जस्तो प्रकारको कार्वाही गर्‍यो त्यसको घोर विरोध गर्छु भनी गुरूङले भने। मुख्यमन्त्री ममता ब्यनर्जीको सिलगढ़ी आगमनमाथि गुरूङले स्पष्ट शब्दमा भने, उनी सिलगढ़ी आवोस् अनि दार्जीलिङ पनि आवोस् अनि दार्जीलिङ आएर यहाँको अवस्था उनले आफ्नै आँखाले हेरुन्। बंगाल सरकारले दार्जीलिङ पार्वतीय क्षेत्रलाई कश्मीरमा भन्दा धेर अन्याय-अत्याचार गर्दैछ भन्ने आरोप लगाउँदै कश्मीरमा ढुङ्गामुड़ा हुन्छ तर त्यहाँ गोली चलाउँदैन तर यहाँ बंगाल सरकारले निहत्थे आन्दोलनकारीहरूमाथि लक्ष्य गर्दै चोली चलाउँदै आइरहेको आरोप गुरूङले लगाए। अहिले जनता वान पोइन्ट एजेण्डा गोर्खाल्याण्डको मुद्दा लिएर सड़कमा ओर्लिएको छ अनि चल्दै गरेको अनिश्चितकालीन बन्द पनि जनताले वान पोइन्ट गोर्खाल्याण्डको मुद्दालाई लिएर नै गरेको हो भन्ने गुरूङले बताउँदै कसैले पनि चल्दै गरेको अनिश्चितकालीन बन्दलाई खोल्ने काम नगरोस् भन्ने गुरूङले बताए। 

भोलि मंगलवार हुने गोर्खाल्याण्ड मुभमेन्ट को-अर्डिनेशन कमिटीको बैठकबारे सोधिएको प्रश्नको जवाफमा गुरूङले बैठकमा अंश ग्रहण गर्न मोर्चाको पक्षबाट पनि नेतृत्वहरू दिल्ली गइसकेको छ अनि दिल्लीमा मोर्चा टोलीले भाजपाको शीर्ष नेतृत्वहरूदेखि लिएर एनसीपी, शिवसेना आदि जस्ता राष्ट्रिय पार्टीहरूको वरिष्ठ नेतृत्वहरूसंग भेट्ने कामहरू गर्दै आइरहेको छ भन्ने बताउँदै गोर्खाल्याण्ड मुभमेन्ट को-अर्डिनेशन कमिटीको बैठकमा कमिटीमा सामेल सबै दलहरूले आ-आफ्नो पक्षबाट राष्ट्रिय दलहरूको नेतृत्वहरूसंग भेटवार्ता गर्ने बताएका थिए तर उनीहरूले दिल्लीमा भेटन् काम गरेको छैन भन्ने आरोप गुरूङले लगाए। दार्जीलिङका सांसद सुरेन्द्र सिंह आहलुवालियाको बारे सोधिएको प्रश्नको जवाफमा गुरूङले आहलुवालियाले गोर्खाल्याण्ड समर्थकहरूको भोटले उनी यहाँको सांसद निर्वाचित भएको हो त्यसकारण उनीले जनताको आवाजलाई संसदमा उठाउने काम गर्नुपर्छ, आक्रोशित भएको छ, आक्रोशित जनता रिसाएर सांसदको विरोधमा कुनै प्रकारको कार्य गरे त्यसको दायित्व मोर्चा नहुने चेताउनी दिँदै जनताले आफ्नो आवाज संसदमा उठाईदियोस् भनेर भोट दिएको हो त्यसकारण सांसदले पनि आफ्नो काम गर्नुपर्छ, गुरूङले बताए।

Category:


0 comments

Check This too

loading...

Featured