प्रधानमन्त्री मोदीद्वारा भण्डारीको निधनमा शोक प्रकट

Unknown | Monday, July 17, 2017 | 0 comments

नयाँ दिल्ली, 17 जुलाईः पूर्व मुख्यमन्त्री नरबहादुर भण्डारीको निधनमा प्रधानमन्त्री नरेन्द्र मोदीले हार्दिक समवेदना प्रकट गरेका छन्। भण्डारीको निधनप्रति ट्विटरमा मोदीले लेखेका छन्, श्री नरबहादुर भण्डारीको निधनले दुखित छु। सिक्किमको प्रगतिमा तिनको योगदान सदैव स्मरणीय रहनेछ। यस्तै केन्द्रिय गृह मन्त्री राजनाथ सिंहले पनि भण्डारीको निधनमा दुख प्रकट गर्दै शोकसन्तप्त परिवारप्रति समवेदना प्रकट गरेका छन्। भगवानले तिनको निधनमा तिनका परिवारलाई सहन गर्ने शक्ति दिउन्, सिंहले ट्विट गरेका छन्। यस्तै केन्द्रिय रेल मन्त्री सुरेश प्रभूले पूर्व मुख्यमन्त्रीको निधनमा दुखित भएको बताउँदै परिवारप्रति गहिरो समवेदना प्रकट गरेका छन्। यसरी नै केन्द्रिय मन्त्री महेश शर्माले पनि पूर्व मुख्यमन्त्रीको निधनमा हार्दिक समवेदना प्रकट गर्दै आजको दिनलाई दुखद दिन भनेर बताएका छन्। भाजपा नेता तथा सांसद शहनावाज हुसेनले पनि पूर्व मुख्यमन्त्रीको निधनमा गहिरो दुख प्रकट गरेका छन्।

Category:


0 comments

Check This too

loading...

Featured

  • एक युगको अन्त्य
    सिक्किमका पूर्व मुख्यमन्त्री श्री नरबहादुर भण्डारीको दिल्लीमा उपचारको क्रममा निधन गान्तोक, 17 जुलाईः सिक्किमको राजनैतिक इतिहासका एक स्तम्भ एवं सिक्किमको सिङ्गो इतिहास बोकेका पूर्व मुख्यमन्त्री...
  • अव्यवस्थित सड़क मार्गका कारण डीसी कोर्ट स्ट्याण्ड परिसरमा ट्राफिक जामको समस्या
    गान्तोक, 13 मईः स्थानीय सिच्छेस्थित जिल्लापाल कार्यालय स्ट्याण्ड परिसरमा सड़कको स्थिति अव्यवस्थित बन्न थालेपछि दिनदिनै यातायातमा समस्या उत्पन्न हुन थालेको छ। बर्खायाम जति-जति नजिकिँदैछ उति नै सड़कको...
  • Jaharman Rai: The unsung Hero of Sikkimese History
    Late Jaharman Rai was also a son of an ordinary Sikkimese peasant of Tinzir Busty at Namchi in South Sikkim. Born on 2 July 1915, Late Rai was the youngest child of Late Ashdhan Rai. After the...