Home �
others
� भण्डारीको असामयिक निधनले सम्पूर्ण गोर्खा समुदायमा शोकको लहर छाएको छ: विमल गुरुङ
Unknown |
Monday, July 17, 2017 |
0
comments

दार्जीलिङ, 17 जुलाईः पूर्व मुख्यमन्त्री नर बहादुर भण्डारीको निधनमा गोजमुमो प्रमुख विमल गुरुङले हार्दिक समवेदना प्रकट गरेका छन्। तिनले एक प्रेस विज्ञप्ति जारी गर्दै भण्डारीको असामयिक निधनले सम्पूर्ण गोर्खा समुदायमा शोकको लहर छाएको बताएका छन्। तिनी एक विशिष्ट गोर्खा नेता थिए अनि भारतको संविधानमा नेपाली भाषालाई 8औं अनुसूचीमा अन्तर्भुक्त गर्नमा तिनको प्रमुख योगदान छ, विज्ञप्तिमा लेखिएको छ। तिनी शताब्दि पुरानो गोर्खाल्याण्ड आन्दोलनका पनि प्रखर समर्थक थिए तथा सारा सिक्किमको हितमा काम गरेका थिए। तिनी एक लोकप्रिय नेता थिए। सिक्किम र दार्जीलिङका जनताले यी विद्वान अनि प्राज्ञ अग्रज गुमाएका छन्। यस क्षेत्रमा तिनको योगदानले गर्दा तिनी लोकप्रिय भएका थिए, गुरुङले विज्ञप्तिमा यस्तो सन्देश पठाएका छन्।
Category:
others
0 comments