भण्डारीको असामयिक निधनमा मुख्यमन्त्री चामलिङद्वारा गहिरो समवेदना व्यक्त
गान्तोक, 17 जुलाई: पूर्व मुख्यमन्त्री नरबहादुर भण्डारीको असामयिक निधनमा मुख्यमन्त्री पवन चामलिङले गहिरो श्रद्धाञ्जली तथा समवेदना व्यक्त गेरका छन्। आफ्नो शोक सन्देशमा मुख्यमन्त्री चामलिङले भनेका छन्, पूर्व मुख्यमन्त्री नर बहादुर भण्डारीको असामयिक निधनको खबरले म अत्यन्त दु:खी अनि स्तब्ध बनेको छु। उनको अवसानले सिक्किमले एक बहुमूल्य भूमिपुत्र गुमाएको छ, राज्य तथा यहाँका जनताप्रति उनको योगदान अद्वितीय रहनेछ। सिक्किम राज्य अनि सिक्किमे जनताले एक महान नेता गुमाएका छन्। म यस दु:खद घड़ीमा शोक सन्तप्त परिवारप्रति हृदय विदारक समवेदना प्रकट गर्दै उनको आत्माको चीर शान्तिका लागि प्रार्थना गर्दछु, मुख्यमन्त्री चामलिङले भनेका छन्।Category: Sikkim Government

0 comments