कन्या विद्यार्थीहरूका निम्ति एलडी काजी स्मारक फुटबल 17 मईदेखि आरम्भ हुने

Unknown | Friday, May 12, 2017 | 0 comments

गान्तोक, 12 मई। खेलकुद एवं युवा मामिला विभाग र मानव संसाधन विकास विभाग, सिक्किम सरकारको संयुक्त तत्वावधानमा यस वर्षदेखि कन्या विद्यार्थीहरूका निम्ति पनि एलडी काजी स्मारक स्वर्ण कप अन्तर विद्यालय फुटबल प्रतियोगिताको आयोजन गरिरहेको छ। 

उक्त प्रतियोगिताको शुरूआत आगामी 17 मईदेखि पश्चिम सिक्किमको सोरेङबाट हुने जानकारी खेलकुद एवं युवा मामिला विभागका सचिव एसडी ढकालले पत्रकार सम्मेलनमा दिएका छन्। आगामी 17 मईदेखि राज्यभरिका लगभग 70 स्कूलबीच क्लस्टर स्तरमा प्रतियोगिता शुरू हुनेछ। यसपछि प्रत्येक जिल्लाबाट उत्कृष्ट चार-चार फुटबल दल चयन गरिने छ भने यी चयनित फुटबल दलहरूबीच नकआउट प्रतिस्पर्धा शुरू हुनेछ। आयोजक पक्षले पुरस्कारको रूपमा प्रदान गरिने नगद राशिमा पनि वृद्धि गरेको छ। यसपाली विजेता दलले 50 हजार र उपविजेता दलले 40 हजार प्राप्त गर्नेछन्। 

यसरी नै यसपाली सिक्किम राज्यको तर्फबाट देशको चर्चित सुब्रतो कपको निम्ति तीन दलले भाग लिने जानकारी सचिव ढकालले दिए। जसमा अन्डर-14, केटा अनि केटी फुटबल दल सामेल छन्। अर्कोतिर, एलडी काजी स्मारक स्वर्ण कप अन्तर विद्यालय (केटा) फुटबल प्रतियोगिताको सेमी फाइनल भोली शुक्रबारदेखि शुरू भइरहेको छ। उक्त प्रतियोगिताको फाइनल शनिबार च्याखुङमै हुने जानकारी मानव संसाधन विकास विभागका सचिव जी.पी उपाध्यायले दिए। 

विभागीय मन्त्री आरबी सुब्बाले एलडी काजी स्मारक स्वर्ण कप अन्तर विद्यालय फुटबल प्रतियोगिताको शुरू भएपछि यो प्रतियोगिताले राज्यमा फुटबल खेलको विकासमा व्यापक सहयोग गरिरहेको बताए। उक्त प्रतियोगिताका विजेता दलले आउँदो सुब्रतो कपमा भाग लिने अवसर पाउने जानकारी दिए।

Category:


0 comments

Check This too

loading...

Featured

  • एक युगको अन्त्य
    सिक्किमका पूर्व मुख्यमन्त्री श्री नरबहादुर भण्डारीको दिल्लीमा उपचारको क्रममा निधन गान्तोक, 17 जुलाईः सिक्किमको राजनैतिक इतिहासका एक स्तम्भ एवं सिक्किमको सिङ्गो इतिहास बोकेका पूर्व मुख्यमन्त्री...
  • अव्यवस्थित सड़क मार्गका कारण डीसी कोर्ट स्ट्याण्ड परिसरमा ट्राफिक जामको समस्या
    गान्तोक, 13 मईः स्थानीय सिच्छेस्थित जिल्लापाल कार्यालय स्ट्याण्ड परिसरमा सड़कको स्थिति अव्यवस्थित बन्न थालेपछि दिनदिनै यातायातमा समस्या उत्पन्न हुन थालेको छ। बर्खायाम जति-जति नजिकिँदैछ उति नै सड़कको...
  • Jaharman Rai: The unsung Hero of Sikkimese History
    Late Jaharman Rai was also a son of an ordinary Sikkimese peasant of Tinzir Busty at Namchi in South Sikkim. Born on 2 July 1915, Late Rai was the youngest child of Late Ashdhan Rai. After the...