राज्यका युवाहरू ड्रग्सको लतमा किन फस्दैछ सरकारले गहिरो चिन्तन गर्नुपर्छः पीएस गोले

Unknown | Friday, May 12, 2017 | 0 comments

गान्तोक, 12 मई। सिक्किम क्रान्तिकारी मोर्चा पार्टीका अध्यक्ष पीएस गोलेले जन जागरण पदयात्राको क्रमलाई जारी राख्दै 11 मईको दिन रिन्चेनपोङ समष्टिको करथोक वार्ड, लोवर सामदोङ, अप्पर सामदोङ आदि गाउँहरूको भ्रमण गर्दै स्थानीय जनतासित सोझो सम्पर्क गरे। 

अप्पर सामदोङ गाउँका जनतालाई सम्बोधन गर्दै अध्यक्ष गोलेले सिक्किमका युवाहरुमा बढ्दो नशालु पदार्थको कुलतप्रति चिन्ता व्यक्त गरे। उनले प्रत्येक दिन युवाहरूलाई नशालु पदार्थको साथमा पक्राउ गरिएको खबर आइरन्छ जुन सोचनीय विषय रहेको बताए। उनले राज्यका युवाहरू ड्रग्सको लतमा किन फस्दैछन् भन्ने कुरालाई सरकारले गहिरो रूपमा चिन्तन मनन गर्नुपर्ने समय आएको उनले मन्तव्य प्रकट गरे। हाल सिक्किमे युवाहरू शिक्षित भए पनि अवसरहरू प्राप्त हुन नसक्दा उनीहरू ड्रग्सको लतमा फँसिरहेका छन् भने। 

सिक्किम अहिले ड्रग्सको खानी भएको छ र सरकारले यस विषयमा कुनै ठोस कदम नउठाएको आरोप पनि लगाए। सरकारले ड्रग्स सेवनको रोकथाम किन गर्दैननन् भनी प्रश्न पनि गरे। उनले वर्ष 2008 देखि 2016 सम्म ड्रग्स सम्बन्धी मामिलामा हजारौंको संख्यामा पक्राउ गरिएको र लाखौं रूपियाँ मुल्य बराबरको ड्रग्स जफ्त गरिएको दाबी गर्दै यति ठूलो मात्रामा सिक्किमा कसले ड्रग्स सेवन गर्दैछ भनी प्रश्न गरे। 

राज्यका मुख्यमन्त्रीले अरूलाई ड्रगिस्टको पार्टी भनेर जोड़दार प्रचार गरे, तर आज आफ्नो सरकारमा ड्रग्सको जुन खेती भइरहेको छ त्यसलाई कहिले चिन्तन मनन नगरेको उनले आरोप लगाए। एसडीएफ सरकारलाई सिक्किमे युवाको फिकर कदापि नरहेको दाबी पनि गरे। आजको सभामा विभिन्न गाउँबाट एसडीएफ पार्टी त्यागेर एसकेएम पार्टीमा सामेल भएको दाबी पार्टीका प्रचार सचिव बिकास बस्नेतद्वारा जारी प्रेस बयानमा गरिएको छ।

Category:


0 comments

Check This too

loading...

Featured

  • एक युगको अन्त्य
    सिक्किमका पूर्व मुख्यमन्त्री श्री नरबहादुर भण्डारीको दिल्लीमा उपचारको क्रममा निधन गान्तोक, 17 जुलाईः सिक्किमको राजनैतिक इतिहासका एक स्तम्भ एवं सिक्किमको सिङ्गो इतिहास बोकेका पूर्व मुख्यमन्त्री...
  • अव्यवस्थित सड़क मार्गका कारण डीसी कोर्ट स्ट्याण्ड परिसरमा ट्राफिक जामको समस्या
    गान्तोक, 13 मईः स्थानीय सिच्छेस्थित जिल्लापाल कार्यालय स्ट्याण्ड परिसरमा सड़कको स्थिति अव्यवस्थित बन्न थालेपछि दिनदिनै यातायातमा समस्या उत्पन्न हुन थालेको छ। बर्खायाम जति-जति नजिकिँदैछ उति नै सड़कको...
  • Jaharman Rai: The unsung Hero of Sikkimese History
    Late Jaharman Rai was also a son of an ordinary Sikkimese peasant of Tinzir Busty at Namchi in South Sikkim. Born on 2 July 1915, Late Rai was the youngest child of Late Ashdhan Rai. After the...