सिक्किम प्रदेश युवा कांग्रेसको सभा सम्पन्न

Unknown | Tuesday, April 18, 2017 | 0 comments

गान्तोक, 18 अप्रेलः सिक्किम प्रदेश युवा कांग्रेसको एउटा सभा श्रीमती इन्द्रानी मिश्र महासचिवा अखिल भारतीय युवा कांग्रेसको अध्यक्षतामा पार्टीको मुख्यालय तादोङमा बस्यो l सभामा प्रदेश युवाध्यक्ष फुर्तेंजी शर्पा र प्रदेश युवा सदस्य- सदस्याहरूको उपस्थिति रहेको थियो l

आजको विशेष बैठकमा सिक्किमको वर्तमान राजनैतिक, आर्थिक र सामाजिक बिषयमाथि चर्चा गरियोl युवा सभालाई सम्बोधन गर्दै एवाईसी महासचिवा  इन्द्रणी मिश्रले  राज्यका  युवा– युवतीहरुलाई आञ्चलिक पार्टीको सरकारले आफ्नो स्वार्थपूर्तिको निम्ति मात्र प्रयोगमा ल्याएर युवाशक्तिको दुरुपयोग गरिरहेको बताइन् l हाल देशमा नरेन्द्र मोदीको भाजपा सरकारले अधिकाधिक रुपमा युवाहरुलाई भावनात्मक रुपमा शोषण गरिरहेक आरोप पनि लगाइन्। उनले अब देशमा साम्प्रदायिक शक्तिविरुद्ध लड्न युवा जमात सक्रिय बन्नु पर्ने बताउँदै यसको निम्ति सिक्किममा आफुले गर्न पर्ने सहयोगको हात  बढाउने पनि वचन दिइन् l


सभामा युवा कांग्रेस अध्यक्ष पीटी शेर्पा लगायत युवाहरुले पनि आ-आफ्नो मन्तब्य राखेको एलएम कार्कीद्वारा युवा कांग्रेसको पक्षमा जारी प्रेस बिज्ञप्तिमा जनाइएको छ l  

Category:


0 comments

Check This too

loading...

Featured

  • एक युगको अन्त्य
    सिक्किमका पूर्व मुख्यमन्त्री श्री नरबहादुर भण्डारीको दिल्लीमा उपचारको क्रममा निधन गान्तोक, 17 जुलाईः सिक्किमको राजनैतिक इतिहासका एक स्तम्भ एवं सिक्किमको सिङ्गो इतिहास बोकेका पूर्व मुख्यमन्त्री...
  • अव्यवस्थित सड़क मार्गका कारण डीसी कोर्ट स्ट्याण्ड परिसरमा ट्राफिक जामको समस्या
    गान्तोक, 13 मईः स्थानीय सिच्छेस्थित जिल्लापाल कार्यालय स्ट्याण्ड परिसरमा सड़कको स्थिति अव्यवस्थित बन्न थालेपछि दिनदिनै यातायातमा समस्या उत्पन्न हुन थालेको छ। बर्खायाम जति-जति नजिकिँदैछ उति नै सड़कको...
  • Jaharman Rai: The unsung Hero of Sikkimese History
    Late Jaharman Rai was also a son of an ordinary Sikkimese peasant of Tinzir Busty at Namchi in South Sikkim. Born on 2 July 1915, Late Rai was the youngest child of Late Ashdhan Rai. After the...