शहरी विकास एंव आवास विभाग मन्त्री एन के सुब्बाद्वारा मार्ताम-रुम्तेकको आहाले वार्डको भ्रमण
मार्ताम, 12 अप्रेल: मार्ताम-रुम्तेक समष्टिको शहरी विकास साथै सुन्दरीकरणको निम्ति माननीय क्षेत्र विधायक डा मिचुङ भोटियाको अगुवाइमा सिक्किम सरकारका शहरी विकास एंव आवास विभागका मन्त्री श्री एन के सुब्बाद्वारा 36साम्लिक-मार्चक जीपीयु अन्तर्गत आहाले वार्डको भ्रमण गरियो ।
भ्रमण गर्ने क्रममा मन्त्री सुब्बाको साथमा गान्टोक समष्टिका विधायक एंव संसदीय सचिव पिन्छो छोपेल लेप्चा , शहरी विकास एंव आवास विभागका सल्लाहकार श्री शेर हाङ सुब्बा , सीएलसी सभापति हेम पाण्डे , मार्ताम-रुम्तेक प्रचार सचिव लाक्पा छिरिङ भोटिया, स्थानीय पञ्चायत प्रकाश छेत्री, लगायत विभागका अधिकारीगणहरुको उपस्थिति रहेको थियो । क्षेत्र विधायकले भ्रमणकारी विभागीय मन्त्री लगायत अधिकारीगणलाई रुम्तेक गुम्बा परिसरमा प्रस्तावित रुम्तेक बजारको सुन्दरीकरण, मल्टी लेयर पार्किङ, मनोरञ्जन उद्यान, मनन केन्द्र लगायत बनभोज स्थलको निर्माण गर्न विभिन्न स्थानहरुको निरीक्षण साथै भ्रमण गराएको हो ।
यसरी नै क्षेत्र विधायकद्वारा राखिएको उक्त जनहित विकासलाई चाँड़ै पुरा गरिदिने मन्त्री सुब्बाले आफ्नो भ्रमणमा आश्वासन दिएको छ । यसरी नै विभागीय मन्त्री श्री सुब्बा लगायत विभागका संसदीय सचिव, सल्लाहकार साथै विभागीय अधिकारीगणलाई यस अवसरमा भ्रमण गरिदिएकोमा क्षेत्र विधायकद्वारा आभार प्रकट गरेकाछन् ।
Category: Development Sikkim Government
0 comments