मुख्यमन्त्री छात्रवृत्ति योजना अन्तर्गत उत्कृष्ट 9 मा परेकी छात्रालाई पाठशालाद्वारा बधाई

पाठशाला प्रमुख श्रीमती प्रमिला देवकोटा सहित सम्पूर्ण पाठशाला प्रबन्धन समिति सदस्यगण, शिक्षक-शिक्षिकाहरुले कक्षा पाँचमा अध्ययनरत् सुश्री रेजिना राई सिक्किमभरिबाट चयनित 50 विद्यार्थीहरुमध्य उत्कृष्ट 9 मा आउनु पाठशाला, समाज र यस क्षेत्रको निम्ति गौरव र ऐतिहासिक विषय रहेको बताए। कुमार राईकी छोरी रेजिना सम्भवत राज्य बाहिर नै प्रख्यात पाठशालामा पढ्ने मौका प्राप्त हुने सम्भावना रहेको छ।
Category: Education Sikkim Government
0 comments