चर्च अफ् गडमा क्रिसमस पर्व भव्यताका साथ पालन

आज पनि मानिसहरूमा चिन्ता-फिक्री, तनाउ अनि असन्तुष्टि जस्ता संसारिक गुणहरू भएको
कारण संसारको पापमा लिप्त रहेको र प्रभु येशु संसारमा आउनुको उद्देश्य मानिसहरूलाई
पापबाट छुटकारा अनि क्षमा दिनु हो रहेको रेभ. गुरूङले बताए। जीवनमा
धर्म कर्म मात्र काफी छैन भन्दै येशु ख्रीष्ट संसारमा पुनःरूत्थानका लागि आउनु भएको
उनले बताए। यसरी येशु ख्रीष्ट सिङ्गो संसारको पापको लागि क्रूसमा बलिदान भएको बाइबलीय
सन्देश दिए। हाम्रो हृदयरूपी गोठमा येशुप्रभु जन्मेको हुनपर्छ, क्रिसमस पर्वमा उपस्थित इसाई भक्तजनहरूलाई बाईबलीय सन्देश दिँदै पास्टर गुरूङले
भने।
यसै अवसरमा चर्च अफ्गड गान्तोकको प्रारम्भिककालदेखि मण्डलीको
विकास एवं विस्तारमा योगदान पुर्याउने मण्डलीका वरिष्ठ सदस्यद्वय
बी.बी गुरूङ र श्रीमती गुरूङलाई रेभ. मार्शल
गुरूङको बाहुलीबाट सम्मान जनाइयो। क्रिसमस पर्वको अवसरमा चर्चका युवाहरूद्वारा क्रिसमसको
गीत, नृत्यादि प्रस्तुत गरिएको थियो। सम्पूर्ण सेवाकाईलाई चर्चका
कार्यालय सचिव आमोस लेप्चाद्वारा सञ्चालन गरिएका थिए।
Category: Religion-Faith
0 comments