सीपीआईएमका पञ्चायत सदस्यसहित रकमजोतका ४५ परिवार तृणमूलमा प्रवेश

Unknown | Thursday, September 15, 2016 | 0 comments

 प्रकाश फुँयल
नक्सलबारी, १४ सेप्टेम्बर। नक्सलबारीस्थित रकमजोत गाउँका ४५ परिवारले तृणमूल कङ्ग्रेसको झण्डा समातेका छन्। एउटा औपचारिक कार्यक्रममा दार्जीलिङ जिल्ला सभापति तथा पर्यटनमन्त्री गौतम देवको हातबाट उनीहरूले पार्टीको झण्डा समातेको पार्टी सूत्रले जानकारी दिएको छ। सीपीआईएम दलका पञ्चायत सदस्य सुनिता विश्व कर्मा, दिलुराम विश्वरकर्मा, राजेन विश्वयकर्मा अनि शाखा सचिव दीलिप विश्वतकर्माका साथमा तीन सयजनाले तृणमूलको सिद्धान्त र नीतिलाई स्वीकार्दै झण्डा समातेका हुन्। कार्यक्रमका मुख्यक अतिथिका रूपमा उपस्थित पर्यटन मन्त्रीको हातबाट उनीहरूले झण्डा समातेका थिए।
सो अवसरमा मन्त्री गौतम देवले उनीहरू तृणमूलको विकासलाई हेरेर पार्टीमा प्रवेश गरेको जानकारी गराए। नक्सलबारीको सूरजबर क्षेत्र पर्यटनको दृष्टिवले उत्तम रहेको र यहाँ पर्यटनका सम्भाव्यताको खोजी गरिने पनि उनले सो अवसरमा थप जानकारी गराए। केही समयभित्र नै सात सयजनालाई जमीनको पट्टा वितरण गरिने तथा लामो समयदेखि खोलाको ढुङ्गा बलुवा उठाउनमा लगाइएको सरकारको रोक्का आदेशलाई हटाउ प्रक्रिया अघि बढाइने पनि मन्त्री देवले बताए। नक्सलबारी क्षेत्रमा लामो समयदेखि विकास निर्माणको कार्यमा पछि परेको मणिराम अञ्चललाई विशेष प्राथमिकतामा राखेर काम गर्न आफू र आफ्नो सरकारको योजना रहेको पनि मन्त्रीले सार्वजनिक गरे।
यसका अतिरिक्त् मस्लिमहरूको मदरसालाई सरकारी पञ्जीकरण गरिने, पिउने पानीको सर्वराहमा विशेष ध्यान केन्द्रित गरिने तथा बाटोघाटोको निर्माणमा पहल गरिने पनि पर्यटनमन्त्री गौतमदेवले सो अवसरमा अवतग गराएको मणिराम अञ्चल तृणमूल कङ्ग्रेसका सदस्य पूर्ण बस्नेतले एक विज्ञप्तिोमार्फत जानकारी दिएका छन्।

Category:


0 comments

Check This too

loading...

Featured