श्री जैन स्वेताम्बर तेरापन्थ सभाद्वारा रम्फू स्वास्थ्य केन्द्रलाई रेफ्रीजेरेटर प्रदान

आज मुख्य स्वास्थ्य अधिकारी डाक्टर छिरिङ लादेन अनि राष्ट्रपति प्रणव मुखर्जीद्वारा सम्मानित नर्स श्रीमती मधुकला मिश्रको उपस्थितिबीच रम्फूका चिकित्सा अधिकारी डाक्टर मनोज मिश्रलाई उक्त रेफ्रीजेरेटर हस्तानान्तरण गरियो डाक्टर मिश्रले यसरी स्वास्थ्य केन्द्रको निम्ति संघ-संस्थाहरुबाट यसरी सहयोग प्राप्त हुनु एउटा उदाहरणीय कार्य रहेको बताउँदै अन्य संघ-संस्थाहरूलाई पनि सहयोगको निम्ति अघि आइदिने अपील गरे। दानदाता मांगीलाल जैनले स्वास्थ्य केन्द्र सबैको निम्ति एक आवश्यक स्थान रहेको र समस्यालाई बुझेर आफ्नो संस्थाले रेफ्रीजेरेटर प्रदान गर्ने निर्णय लिएको बताए। उक्त रेफ्रीजेरेटर श्री जैन स्वेताम्बर तेरापन्थ सभा, गेटवे अफ् सिक्किमको पक्षमा इन्द्रचन्द मांगीलाल जैन लुनिया परिवारद्वारा प्रदान गरिएको हो। आजको यस संक्षिप्त कार्यक्रममा सुभकरण लुनिया, श्रीमती स्नेह जैन सहित अन्य सदस्यहरुको पनि उपास्थिति रहेको थियो।
0 comments