कार्थोकमा अर्किड प्रदर्शनी आयोजित
गान्तोक, २८ सेप्टेम्बर २०१६| आइसीएआर-एनआरसीद्वारा २७ सेप्टेम्बर २०१६ को दिन कार्थोकमा अर्किट प्रतियोगिता आयोजित गरियो| कार्यक्रममा ग्रीन जोन सहकारी समितिका करिब २५ जना अर्किड कृषकद्वारा भाग लिइएको थियो| कार्यक्रममा आइसीएआर-एनआरसीओका निर्देशक डा. डीआर सिंह मुख्य अतिथि रहेका थिए भने सबै अर्किड केन्द्रका वैज्ञानिकहरू पनि सहभागी बनेका थिए| डा. सिंहले आफ्नो सम्बोधनमा पर्यापर्यटन प्रोत्साहित गर्दै यसको संरक्षणमा खेल्ने भूमिकाबारे प्रकाश पारे| यसका साथै उनले अर्किड फार्म स्कूलका साथमा नियोजित बजार व्यवस्थाका लागि अनलाइन पोर्टल विकास गर्ने सम्बन्धमा पनि उनले जानकारी गराए|
यस अवसरमा आइसीएआर-एनआरसीओद्वारा विजेता महिला कृषक श्रीमती अनुराधा छेत्रीलाई राष्ट्रिय स्तरको क्षेत्रीय पण्डित दीनदयाल उपाध्याय अन्त्योदय कृषि पुरस्कार २०१६ प्राप्त गरेकोमा सम्मान जनाइयो| प्रमुख वैज्ञानिक (बागवानी) डा. डी बर्मनद्वारा यस अवसरमा जैविक खेती तथा अर्किडको खेती सँगै गर्नसकिने विषयमा जानकारी दिए|
यसरी नै प्रमुख वैज्ञानिक (बागवानी) डा. एलसी देले सिम्बिडियमको खेती विधिका साथमा कटाइओत्तर प्रविधिबारे अवगत गराए| प्रमुख देवदास (वनस्पति प्रजनन) डा. आर देवदासले स्टार्टअप इण्डिया कार्यक्रमका साथमा आगामी दिनमा विकास गरिने अर्किडका प्रजातिहरूबारे जानकारी दिए| कार्यक्रममा अन्तरक्रिया कार्यक्रम पनि आयोजन गरिएको थियो जसमा अर्किड खेतीको सम्बन्धमा झेलिने विभिन्न समस्याबारे चर्चा गरियो| (पीआइबी)
0 comments