निहालजोतमा बलिदान दिवस

Unknown | Monday, August 29, 2016 | 0 comments

प्रकाश फुँयल
नक्सलबारी, २९ अगस्त । भारतीय स्वतन्त्रता सङ्ग्राममा नेपालीभाषी गोर्खा समुदायको उल्लेख्य योदगानको रहेको चर्चा गर्दै नक्सलबारीस्थित निहालजोतमा बलिदान दिवसको आयोजना गरियो। भारतीय स्वन्त्रता सङ्ग्राममा मेजर दुर्गा मल्लको योगदान अनि उनलाई फाँसी दिइएको दिनको स्मरण गर्दै पालन गरिएको कार्यक्रममा वक्तायहरूले देशका निम्ति हिजो र आज पनि गोर्खाहरूले त्याग र बलिदान दिएको तर शासकवर्गले देशका गोर्खाहरूको योगदानको उचित मूल्याङ्कन नगरेको विचार राखे। 

नक्सलबारी-खोरीबारी गोर्खा नागरिक मञ्चको आयोजना तथा जयप्रसाद दाहालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रमुख वक्तापका रूपमा बोल्दै नक्सलबारी नेपाली हाई स्कूलका संस्थापक शिक्षक कृष्णप्रसाद गुरागाईंले भने, ‘देशको निम्ति हाम्रा पूर्खाहरूले पनि बलिदान दिएका छन्, तर त्यो बलिदानको गाथा इतिहासमा अङ्कित छैन। यसैले अब हामीले हाम्रो इतिहास लेख्नुनपर्छ।’ इतिहास जहिले पनि अतिरञ्जित हुने उल्लेख गर्दै गुरागाईँले मुट्ठीभर शासकवर्गले आफ्नै तरिकाले इतिहासको व्याख्या गरेको पनि उनले बताए। संसद भवन परिसरमा १८ फिट अग्लो दुर्गा मल्लको सालिक निर्माण गरिनु नेपालीभाषी गोर्खा समुदायको उपलब्धि र सान रहेको बताउँदै उनले यदि कसैले देशको निम्ति तिमीहरूले के गर्यौँम भन्छन् भने हामीले यस्ता तथ्यहरू देखाउनु पर्ने सुझाउ पनि उनले दिए। 

मेचीचरजोत प्राथमिक पाठशालाका शिक्षक प्रेम थापाद्वारा सञ्चालिक कार्यक्रममा नागरिक मञ्चका सक्रिय सदस्य कृष्णप्रसाद दाहालले मेजर दुर्गा मल्लको जीवनी पाठ गरेका थिए भने नागरिक मञ्चका अर्का सदस्य भीम चामलिङले पनि सम्बोधन गरेका थिए। नक्सलबारी भेकका समाजसेवी तथा राजनीतिकर्मी दुर्गनारायण प्रधानको पनि उपस्थिति रहेको कार्यक्रममा नागरिक मञ्चका अध्यक्ष जयप्रसाद दाहालले आफ्नो सम्बोधनमा देशका निम्ति गोर्खा समुदायको योगदानको तुलनामा उपलब्धि कम्ती रहेको विचार व्यक्त  गरे। नेपाली भाषा मान्यता र शहीद दुर्गा मल्लको सालिक निर्माण गरेर मात्र हाम्रो जातीय विकास सम्भव नहुने त्यसका लागि व्यावहारिक पक्षबाट समस्या समाधानको बाटो पहिल्याउनु पर्ने उनले बताए।

Category:


0 comments

Check This too

loading...

Featured