धर्म र जातको नाममा सिक्किम विरोधीहरूले युवाहरूलाई दिग्भ्रमित पार्दैछ- विधायक बीबी राई

Unknown | Friday, August 26, 2016 | 0 comments

माउसेसद्वारा निमटारमा कृष्णजन्माष्टमी पर्व पालन

गान्तोक, 26 अगस्त। धर्म निरपेक्षतालाई पूर्णरूपले पालन गर्ने देशमा सिकिकम मात्र एउटा राज्य रहेको र सिक्किमवासीलाई आफ्नो धर्म मान्न कुनै पनि प्रकारको बाधाहरू नरहेको विधायक बेगबहादुर राईले बताएका छन्। 

मानव उत्थान सेवा समिति गान्तोकद्वारा 32 नम्बर नजिक निमटार शिवालय मन्दिरमा आयोजित श्री कृष्ण जन्माष्टमी पर्वको अवसरमा मुख्य अतिथिका रूपमा उपस्थित रहेका विधायक बेगबहादुर राईले मुख्यमन्त्री पवन चामलिङको नेतृत्वमा सिक्किममा सबै जात जातिको संस्कृति परम्परा, भाषा, धर्मले फस्टाउने अवसर पाएको आफ्नो सम्बोधनमा बताए। दिग्भ्रमित भएका युवाहरूलाई धर्मको माध्यमबाट नै सही मार्गमा डोऱ्याउन सक्ने बताऊँदै विधायक राईले तर धर्म र जात कै नाममा केही सिक्किम विरोधीहरूले युवाहरूलाई दिग्भ्रमित गर्ने प्रयास पनि गर्नेगरेको सम्बोधनमा बताए। 

विश्वमा सद्भावनाको ज्ञानलाई प्रचार प्रसार गर्ने मानव उत्थान सेवा समिति र यसका संस्थापक सतपालजी महाराजको कार्य अति नै सराहनीय र प्रशंसनीय रहेको र हामी सबैले महाराजजीले देखाएको मार्गमा हिड़ने प्रयास गर्नपर्ने विधायक राईले बताए। धर्म शास्त्रमा लेखिएको असल विचारहरूलाई जीवनमा उतार्नु पर्ने बताउँदै विधायक राईले कसैले कसैको धर्म र आस्था पनि आक्षेप गर्नुहुँदैन भनी सम्बोधनमा बताए। 

यसरी नै मानव उत्थान सेवा समितिका महात्मा पूर्ण बाईजी र महात्मा कृतिका बाईजीले कार्यक्रमलाई सम्बोधन गर्दै श्री कृष्णजन्माष्मटी पालन गर्नुको औचित्य माथि प्रकाश पारे। भागवत गीताको ज्ञानलाई मानिसले आत्मसात गर्नपर्ने बताऊँदै महात्मागणले गीताको ज्ञानले मात्र संसारबाट हत्या हिंसा अन्याय शोषणलाई मेटाउन सक्ने बताए। जन्माष्टमीको यो अवसरमा समितिका कलाकारहरूद्वारा अध्यात्मिक भजनहरू प्रस्तुत गरेका थिए भऩे बालकलाकारहरूद्वारा नृत्य प्रस्तुत गरिएको थियो।

Category:


0 comments

Check This too

loading...

Featured