माझीटारमा स्वर्गीय मनरूपा गुरूङ स्मृति खुल्ला फुटबल प्रतियोगिता

Unknown | Monday, July 25, 2016 | 0 comments

गान्तोकः पूर्व सिक्किमको रम्फू माझीटारमा स्वतन्त्रता दिवस आयोजन समिति तथा माझीटार स्पोर्टिङ कल्बको संयुक्त तत्वावधानमा आयोजित स्वर्गीय मनरूपा गुरूङ स्मृति खुल्ला फुटबल प्रतियोगिता 24 जुलाईदेखि माझीटार सरकारी माध्यमिक विध्यालयको खेल मैदानमा आरम्भ भयो। 

यस सम्पन्न उदघाटन कार्यक्रम क्षेत्र विधायक तथा संसदीय सचिव गोपाल बराईली मुख्य अतिथि तथा रंग्पो नगर पंचायत अध्यक्ष माया सिन्चुरी विशिष्ट अतिथिको रूपमा उपस्थि रहनु भएको थियो। मुख्य अथितिद्वरा प्रतियोगितको शुभरम्भ भए पश्चात  आफ्नो सम्बोधनमा श्री बराईलीले यसरी युवाहरूले यस प्रकारको फुटबल प्रतियोगिता आयोजना गरेकोमा हर्ष व्यक्त गर्दै आफ्नो तर्फबाट हुनै हरसम्भव सहयोग पुऱ्याउने आश्वासन दिनु भएको थियो। 

उहाँले युवाहरूलाई खेल कुद प्रति प्रोत्साहन गर्न जरुरी रहेको  बताउनु हुदै खेल-कुदले युवाहरूलाई तन्दरूस्त राख्ने बताउनु भयो। कार्यक्रमलाई रंग्पो नगर परिषदकी अध्यक्ष माया सिन्चीले पनि सम्बोधन गर्नु भएको थियो भने माझीटार विध्यालयका विद्यार्थीहरूले रंगारंग सास्कृंतिक कार्यक्रमहरू पनि प्रस्तुत गरेका थिए। यस दिन टुर्नामेन्टको प्रथम म्याच छलमथाङ एफ.सी. र पानी हाउस गेन्टोक बिचँ खेलिएको थियो। 

यस दिनको खेलमा छलमथाङ एफ.सीले पानी हाउस गेन्टोकलाई 2 को विरूद्ध 4 गोलले परास्त गरि टुर्नामेन्टको दोस्रो चरणमा पुगेको छ। यस टुर्नामेन्टमा सिक्किम भित्रका कुल 40 फुटबल टिमहरूले भाग लिएका छन्। प्रतियोगिताको फाईनल भने 16 अगस्तको दिन सम्पन्न हुने छ। यस फुटबल प्रतियोगिताको आयोजना राज्यका युवाहरूलाई खेल प्रति प्रोतसाहन गर्नु, स्थानीय खेलाड़ीहरूलाई मञ्च प्रदान गर्नु तथा ड्रग्स जस्ता नकारात्मक विषयहरू देखि युवाहरूलाई अलग राख्ने उदेश्यका साथ आयोजना गरिएको आयोजक समितीका कोषाध्यक्ष दिपक मुखियाले बताएका छन्।

Category:


0 comments

Check This too

loading...

Featured