चीनमा आयोजित अन्तर्राष्ट्रिय प्रतियोगितामा सिक्किमका ताईक्वाण्डो खेलाड़ी त्रिलोक सुब्बाले हत्याए दुई स्वर्ण पदक
गान्तोकः सिक्किम राज्यका एक प्रतिष्ठित ताईक्वाण्डो खेलाड़ी तथा साटाका प्रशिक्षक त्रिलोक सुब्बाले आफ्नो करियरमा थप अर्को अन्तर्राष्ट्रिय सफलता थपेका छन्थ। गत 24 जुलाईको दिन चीनको गुयाङ सिटीमा सम्पन्न भएको गुईज्हौ चाईना इन्टरनेशनल ताईक्वाण्डो च्याम्पियनशीप 2016 मा सिक्किमका त्रिलोक सुब्बाले भारत देशको प्रतिनिधित्व गर्दै दुई स्वर्ण पदक हत्याउन सफल बनेका छन्।
श्री सुब्बाले यस च्याम्पियनशीप अन्तर्गत आयोजित फस्ट ईन्डीभिजुअल पुम्से वर्गमा एक स्वर्ण र सिनियर टिम पुम्से ईभेन्टमा पनि एक स्वर्ण गरि दुई स्वर्ण पदक प्राप्त गरेका छन्। चिनको गुयाङ सिटीस्थित युनिभर्सिटी ईनडोर जिनाजियम गत 21 जुलाई देखि 24 जुलाई सम्म सम्पन्न भएको गुईज्हौ चाईना ईन्टरनेसनल ताईक्वाण्डो च्याम्पियनशीप सिक्किमका त्रिलोक सुब्बा भारत देशको प्रतिनिधित्व गर्दै उक्त पदक प्राप्त गरेका हुन्।
चीनमा सम्पन्न उक्त अन्तर्राष्ट्रिय ताईक्वाण्डो च्याम्पियनशीपको आयोजना गुईज्हौ ताईक्वाण्डो एसोसिएशन र चाईना ताईक्वाण्डो फेडरेसनको संयुक्त त्त्वावधानमा सम्पन्न भएको थियो। श्री त्रिलोक सुब्बा भारत देशको प्रतिनिधित्व गर्ने एक मात्र ताईक्वाण्डो खेलाड़ी रहेको श्री सुब्बाले जानकारी दिएका छन्।

0 comments