एसएसबीद्वारा मादक पदार्थ एवं अवैध व्यापारविरुद्ध अन्तर्राष्ट्रिय दिवस पालन

Unknown | Sunday, June 26, 2016 | 0 comments

गान्तोक। जनजागरण कार्यक्रमको भागस्वरूप एसएसबी गान्तोक सेक्टर मुख्यालयअन्तर्गत एसएसबीको 36औं बटालियन र एसएसबी सिक्किमको क्षेत्रीय कार्यालयले आज मादक पदार्थ एवं अवैध व्यापारविरुद्ध अन्तर्राष्ट्रिय दिवस पालन गर्‍यो। 

यस कार्यक्रममा एसएसबीका 175 अधिकारीवर्गले भाग लिए। जेएन मार्गस्थित टेम्पो भवनबाट  जागरण र्‍याली शुरु गरिएको थियो। यो र्‍याली जिरो पोइन्ट भएर एमजी मार्गको टाइटनिक पार्कमा आएर समाप्त भयो। र्‍यालीको अवसरमा एसएसबीका अधिकारीहरूले नशारोधी सन्देश भएको ब्यानर र प्लाकार्ड मार्फत जागरूक गराए। एसएसबीका अधिकारीवर्गले टाइटनिक पार्कमा एउटा कार्यक्रम गरेर स्थानीयहरूलाई पनि सहभागी बन्ने अवसर प्रदान गरे। 

यस अवसरमा  गान्तोक सेक्टर मुख्यालयका डीआइजी बन्दन सक्सेना, 36औं बटालियनका अफिसेटिङ कमाण्डेण्ट/डिपुटी कमाण्डेन्ट ललित कुमार, फ्रिडम एनजीओका सभापति केसी निमाले सम्बोधन गर्दै आम नागरिकहरूलाई नशामुक्त बन्न अपील गरे। डीआइजी बन्दन सक्सेना सबै सहभागीप्रति आभार एवं कृतज्ञता प्रकट गर्दै धन्यवाद  ज्ञापन गरेपछि कार्यक्रम समाप्त भएको थियो। (पीआइबी)  

Category:


0 comments

Check This too

loading...

Featured