Home �
Health Related News
,
others
,
Social
,
विविध
� मादक पदार्थ विरोधी दिवसको अवसरमा रम्फूमा आयोजित जागरूकता कार्यक्रम सफलतापूर्वक सम्पन्न
Unknown |
Sunday, June 26, 2016 |
0
comments

रम्फूः बर्डर नाइनद्वारा वर्ल्ड एन्टी ड्रग्स डे को अवसरमा ॑से नो टू ड्रग्स नाराका साथ रम्फू तल्लो बजारमा आयोजित जागरूकता कार्यक्रम आज सफलतापूर्वक सम्पन्न भयो।

लिम्का बुक अफ् वर्ल्ड रिकर्डमा आफ्नो नाम दर्ता गराइसकेका सिक्किमका अन्तर्राष्ट्रिय धावक श्री अमर सुब्बाको मुख्य आतिथ्यमा सम्पन्न यो कार्यक्रम रम्फू पुलिस, रम्फू नगर पञ्चायत, लायंस क्लब अफ रंम्फू- गेटवे अफ सिक्किम, मारवाड़ी युवा मञ्च रम्फू, सिक्किम आम बिहारी कल्याण मञ्च, राष्ट्रिय मानव अधिकार अपराध नियन्त्रण संगठन सिक्किम, सिक्किम बिहारी जागरण मञ्च, अस सलाम डेप्लोपमेण्ट एण्ड वेल्फेर अर्गनाइजेशन, फेथ फाउन्डेसन आईबीएम, माझिटार स्पोर्टिङ क्लब लगायत विभिन्न संघ-संस्थाहरूको संयुक्त तत्वावधानमा आयोजन भएको थियो
यस अवसरमा विद्यार्थीहरूबीच प्ले कार्ड र नाटक मञ्चन प्रतियोगिताको पनि आयोजना गरिएको थियो भने रम्फू तल्लो बजारबाट एख ऱ्याली पनि निकालिइयो। कार्यक्रममा सिङताम जिल्ला अस्पतालबाट उपस्थित श्रोतवक्ता तथा नशालु पदार्थ छोडेर अहिले असल जीवन व्यतित गरिरहेका मदन प्रधानले यस सम्बन्धमा वक्तव्य राखेका थिए।
यस अवसरमा रम्फू थाना प्रभारी विकास तिवारी र रम्फू नगर पञ्चायत सभापति श्रीमती माया सिञ्चुरीलाई समाजप्रति आ-आफ्नो तर्फबाट पुऱ्याएको योगदानको निम्ति अभिनन्दन पनि जनाइएको थियो।
Category:
Health Related News
others
Social
विविध
0 comments