11औं सिमान्तर ब्याडमिन्टन च्याम्पियनशिप 2016 को सफलतापूर्वक समापन

Unknown | Friday, June 17, 2016 | 0 comments

गान्तोक: एसएसबीद्वारा गान्तोकको  बलुवाखानी स्थित ब्याडमिन्टन कोर्टमा आयोजित 11औं सिमान्तर ब्याडमिन्टन च्याम्पियनशिप 2016 आज समापन भयो। समापन कार्यक्रममा एसएसबी सिलगढी सिमान्त मुख्यालयका महानिरीक्षक कुलदीप सिंह मुख्य अतिथिका रूपमा उपस्थित थिए।  

समापन कार्यक्रमलाई सम्बोधन गर्दै आइजी कुलदीप सिंहले ब्याडमिन्टन धेरै माग भएको खेल    बताउँदै दक्षता, क्षमता, धैर्यताले नै खेलाडीलाई प्रतिस्पर्धामा टिक्न दिने बताए। एसएसबी गान्तोकका डीआइजी बन्धन सकसेनाले उपस्थित अतिथि र सहभागिलाई स्वागत जनाउँदै च्याम्पियनशिपको लाभबारे प्रकाश पारेका थिए। उनले एसएसबी अधिकारीहरूका लागि ब्याडमिन्टन खेल विशेश रूपमा सान्दर्भिक रहेको बताए। यस खेलले खेलाडीबाट स्फूर्ति, गतिशिलता र तत्काल निर्णय लिने क्षमताको माग गर्ने बताउँदै यी सबै गुण एसएसबीका अधिकारीमा हुन्छ भने। 

समापन समारोहमा बिहु नृत्य र अन्य सांस्कृतिक कार्यक्रम मुख्य आकर्षण बनेको थियो। मुख्य अतिथिले ब्याडमिन्टन च्याम्पियनशिपका विजाताहरूलाई पुरस्कार तथा सहभागिहरूलाई स्मृति चिन्ह प्रदान गरे। एसएसबी रानीडागाका डीआइसी एवं आयोजक समितिका अध्यक्ष बीके पालले धन्यवाद ज्ञापन गरेका थिए। (पीआइबी) 

Category:


0 comments

Check This too

loading...

Featured