मुख्यमन्त्री पवन चामलिङको रम्फूमा भव्य स्वागत
रम्फूः गत १५ जूनको दिन नयॉं दिल्लीस्थित साउथ ब्लकमा प्रधानमन्त्री श्री नरेन्द्र मोदीसित भेट गरी सिक्किम र सिक्किमे जनताको पक्षमा विभिन्न राजनैतिक तथा विकासिय मागहरू सफलतापूर्वक राखेपछि आज सिक्किम फर्किएका राज्यका मुख्यमन्त्री श्री पवन चामलिङ लगायतको प्रतिनिधि टोलीको राज्यको प्रवेश द्वार रम्फूमा विभिन्न तहका पार्टी कार्यकर्ता एवं आम जनताले भव्य स्वागत गरियो|
यस क्रममा ठूलो संख्यामा उपस्थित आम जनताले विभिन्न गगनचुम्बी नारी लगाएर तथा खादा-माला लगाएर मुख्यमन्त्री चामलिङको स्वागत जनाएका थिए|

मुख्यमन्त्री पवन चामलिङ, विधायकदल अनि सांसदहरूको जम्बो टोली गत १२ जूनको दिन सिक्किम विधानसभामा लिम्बू-तामाङ जनजातिको निम्ति सीट आरक्षण, छुटेका ११ नेपाली जातिलाई जनजातिको मान्यता दिलाउनु, १७औं कर्मापा उगेन थिन्ले दोर्जीलाई रूम्तेक धर्मचक्रमा ल्याउनु, केन्द्रिय आयकर माफीबाट छुटेका सिक्किमे व्यापारी समुदायलाई आयकरबाट छुट दिलाउनु लगायतका विभिन्न मागहरूका साथ दिल्ली प्रस्थान गरेको थियो भने गत १५ जूनको दिन प्रधानमन्त्री श्री नरेन्द्र मोदीसित भेट गरेर यी सबै मागहरूतर्फ उनको ध्यानाकार्षण गराएका थिए|News Regarding Meeting With PM Mr. Narendra Modi
https://sikkimdainik.blogspot.in/2016/06/chiefminister-chamling-meet-prime-minister-narandra-modi-in-delhi.html
News Before Visiting New Delhi
https://sikkimdainik.blogspot.in/2016/06/chiefminister-leave-for-delhi.html
https://sikkimdainik.blogspot.in/2016/06/chiefminister-leave-for-delhi.html
Category: others Sikkim Government


0 comments