Home �
Social
� हि-गेथाङमा बीबीबीपी-माथि अभिमुखिकरण कार्यक्रम सम्पन्न
Unknown |
Thursday, June 16, 2016 |
0
comments
मगन, १६ जूनः उत्तर सिक्किमको हि-गेथाङ स्कूलको प्रेक्षा गृहमा १५ जूनको दिन ‘बेटी बचाउ बेटी पढाउ’ (बीबीबीपी)-माथि एक अभिमुखिकरण कार्यक्रम सम्पन्न भयो| जङ्गु खण्डअन्तर्गत हि-गेथाङमा आयोजित यस कार्यक्रमको अवसरमा जङ्गुका महकुमा अधिकारी छिरिङ दोर्जी भोटियाको विशेष उपस्थिति थियो|
कार्यक्रममा ५७-वटा एकीकृत बाल विकास सेवा (आईसीडीएस) केन्द्रका आगनवाडी कार्यकर्ता तथा अधिकृत सामाजिक स्वास्थ्य कार्यकर्ता (आसा)-हरूको पनि उपस्थिति रहेको थियो| यस अवसरमा स्वास्थ्य विभागको एकीकृत बाल सुरक्षा योजना (शिशुको अधिकार) पोषण शाखाका कार्यकर्ताहरू श्रोतवक्ताका रूपमा रहेका थिए्| उनीहरूले बीबीबीपी-माथि उपस्थित कार्यकर्ताहरूलाई संक्षिपमा जानकारी गराए्| उनीहरूलाई अझ जानकारी गराउने उद्देश्य लिएर अन्तरक्रियात्मक कार्यक्रमको पनि आयोजना गरिएको थियो| (आईपीआर उत्तर)|
Category:
Social
0 comments