दोस्रो स्मारक फुटबल प्रतियोगिताः बुदाङलाई परास्त गर्दै नाम्ची भेट्रेन क्लब फाइनलमा
सोरेङः गत २० मईदेखि सोरेङ उच्चतर माध्यमिक पाठशालाको खेल मैदानमा आरम्भ दोस्रो स्मारक खुल्ला फुटबल प्रतियोगिताको दोस्रो सेमीफाइनल नाम्ची भेट्रेन अनि बुदाङबीच सम्पन्न भयो, जसमा शून्यको विरूद्ध एक गोल गर्दै नाम्ची भेट्रेनले फाइनलमा आफ्नो स्थान सुनिश्चित गर्यो|
सोरेङ बोइज क्लबद्वारा आयोजित उक्त प्रतियोगितामा कुल ४० दलले सहभागिता जनाएका थिए|
प्रतियोगिताअन्तर्गत हिजो खेलिएको पहिलो सेमीफाइनल खेलमा रेड पाण्डा बंगलबारियालाई पराजित गरेर हिमालय अकादमी सोरेङले अगावै फाइनलमा स्थान पक्का गरिसकेको छ| प्रतियोगिताको फाइनल खेल आगामी १० जूनको दिन विविध सांस्कृतिक कार्यक्रमहरूसाथ सम्पन्न हुनेछ, जसको मुख्य अतिथि सोरेङ-च्याखुङ क्षेत्र विधायक एवं मन्त्री आरबी सुब्बा रहने छन्|
आजको दोस्रो सेमीफाइनल कार्यक्रममा सोरेङ-च्याखुङ समष्टिका पूर्व विधायक श्री आरबी सुब्बा मुख्य अतिथ्यका रूपमा उपस्थित थिए भने अन्य अतिथिहरूमा सञ्जु प्रधान, भूतपूर्व सैनिक, वरिष्ठ नागरिकगण, विभिन्न संघ-संस्थाका प्रतिनिधि तथा विद्यार्थीहरूको उपस्थित रहेको थियो|

Category: sports
0 comments