मुख्यमन्त्रीले गरे रानीपूलमा विद्यालय भवन अनि प्रेक्षागृहको उद्घाटन
लगभग २ करोड ४ लाख रूपियॉंको लागतमा निर्मित यस भवनलाई उद्घाटनपछि मुख्यमन्त्री श्री चामलिङले विद्यालयलाई हस्तानान्तरण गरेका छन्|
उद्घाटनपछि विद्यार्थीहरूलाई सम्बोधन गर्दै मु‘यमन्त्री चामलिङले विद्यार्थीहरू सिक्किमको वास्तुकार रहेको बताए जसले राज्यको भविष्य निर्माण गर्नेछन्| यस अवसरमा उनले स्कूल निर्माण गर्न जमीन प्रदान गर्ने व्यक्तित्व बिरस्पति परसाईको समझाना गर्दै सिक्किमप्रति उनको योगदानबारे विद्यार्थीहरूलाई जानकारी दिए|
उनले स्कूल परिसरमा बिरस्पति परसाईको मूर्ति स्थापना गर्ने घोषणा गरे| यसै क‘ममा उनले जसको सम्मानमा स्कूल निर्माण गरिएको छ उनीहरूका स्कूल परिसरमा मूर्ति निर्माण गर्ने घोषणा पनि गरे| विद्यार्थीहरूको ध्यान आकर्षित गर्दै चामलिङले शिक्षालाई गम्भीरतापूर्वक लिने तथा सिर्जनशील, नवप्रवर्तनशील र निपुण बन्ने सुझाउ दिए| सरकारी स्कूलहरूमा गुणात्मकता ल्याउन सरकारले गरिरहेका विभिन्न पहलमाथि उनले प्रकाश पारे| उनले स्नातक तहसम्म सबैलाई र बीपीएल विद्यार्थीहरूलाई विश्वविद्यालय स्तरसम्म देशमा कतै निःशुल्क रूपमा शिक्षा प्रदान नगरिने बताए| उनले कड़ा परिश्रम गर्नेहरूका निम्ति शिक्षाको क्षेत्रमा अवसरको कुनै कमी नरहेको बताए| यसरी नै उनले यस निर्वाचन क्षेत्रलाई आदर्श क्षेत्र बनाउन हर सम्भव सहयोगको आश्वासन पनि दिए|
यस अवसरमा चामलिङले मार्ताम रूम्तेक निर्वाचन क्षेत्रको वेबसाइट पनि लोकार्पण गरे| यस भन्दाअघि क्षेत्र विधायक एवं संसदीय सचिव डा. मिचुङ भोटिया र स्कूलकी प्रधानाचार्यको बाहुलीबाट मु‘यमन्त्रीलाई सम्मानित गरियो| कार्यक‘मलाई मानव संसाधन विकास विभागका मन्त्री आर.बी सुब्बा, विधायक भोटिया आदिले पनि सम्बोधन गरेका थिए|
Category: Education Sikkim Government

0 comments