बम आक्रमणमा प्राण गुमाउने नेपालीहरूप्रति प्रधानमन्त्री मोदीद्वारा सम्वेदना व्यक्त
तालिबानद्वारा गरिएको आत्मघाती आक्रमणमा १४ नेपालीको मृत्यु, ९ घाइते


यस आक्रमणमा १४ जना नेपालीको मृत्यु भएको छ| अफगानी गृहमन्त्रालयद्वारा जारी प्रेस विज्ञप्तिमा जनाएका अनुसार सोमवार बिहान भएको उक्त विस्फोटमा १४ नेपालीको मृत्यु अतिरिक्त अन्य ५ नेपाली र ४ अफगानी घाइते भएका छन्|
तालिबान आतंकवादीले नेपाली सुरक्षा गार्ड चढ़ेको बसमा बिहान ५:४० बजे आत्मघाती आक्रमण गरेको थियो| काबुल पुलिस प्रमुख अब्दुल रहमानअनुसार नीजि सुरक्षा गार्डको आवस नजिकै घात लगाएर बसेका आतंकवादीले गार्ड चढेको गाडी आवसको गेटबाट बाहिरिन साथै विस्फोटन गरेको थियो|
पाकिस्तानस्थित नेपाली दूतावासका एक अधिकारी अनुसार मृतक तथा घाइते सुरक्षा गार्डहरू त्यहॉंको एक निजी सुरक्षा कम्पनीमा काम गर्दथे, जसले क्यानेडियन दुतावासलाई सुरक्षा प्रदान गर्दथ्यो| घाइतेहरूको अवस्था अहिले सामान्य रहेको जानकारी गराएका छन्|
तालिबानका प्रवक्ता जबिउल्ला मुजाहिदले ट्वीट गर्दै उक्त आक्रमणको जिम्मेवारी लिएको छ|
0 comments