भानु पुरस्कारको निम्ति वरिष्ठ साहित्य सेवी बीबी मुरिङ्लाको नामको घोषणा

Unknown | Monday, June 20, 2016 | 0 comments


गान्तोकः नेपाली साहित्य परिषद्, सिक्किमले वर्ष २०१६ को निम्ति भानु पुरस्कारका लागि पश्चिम सिक्किमको लिङ्चोम निवासी वरिष्ठ भाषा-साहित्य सेवी श्री बीबी मुरिङ्लाको नामको घोषणा गरेको छ| साहित्य परिषद्ले यो घोषणा दुई चरणमा गठित सूची समिति र अध्ययन समितिको चयन तथा सिफारिशको आधारमा गरेको छ|

२ अप्रेल १९४३ मा पिता लालमान सुब्बा र माता सञ्चरानी सुब्बाको सन्तानको रूपमा जन्म लिएका श्री मुरिङ्लाले ६० को दशकदेखि नै नेपाली भाषा साहित्यको सेवा आरम्भ गरेका थिए| उनले कथा, कविताअतिरिक्त गीत लेखन र गायनको क्षेत्रमा पनि महत्त्वपूर्ण योगदान पुर्‍याएका छन्|

उनको विशेष गरेर नेपाली भाषा-साहित्य एवं लिम्बू भाषा-साहित्यको क्षेत्रमा योगदान सराहनीय रहिआएको छ| सिक्किममा लिम्बू भाषा-साहित्यको पाठ्य पुस्तक निर्माणदेखि लिएर आजको विकसित तथा समृद्ध अवस्थासम्म लिम्बू भाषा-साहित्यलाई ल्याइपुर्‍याउनमा उनको योगदान महत्त्वपूर्ण मात्र नभएर अतुल्य पनि छ|

श्री मुरिङ्लालाई उक्त पुरस्कार आगामी १३ जुलाईको दिन आदिकवि भानुभक्तको २०२ औं जन्म जयन्ती समारोहको अवसरमा गान्तोकमा प्रदान गरिनेछ भने पुरस्कारको रूपमा प्रशस्ती पत्र, अङ्गवस्त्र र ताम्रपत्रसहित नगद राशि प्रदान गरिनेछ|

Category:


0 comments

Check This too

loading...

Featured