सिक्किम विश्वविद्यालयद्वारा स्वास्थ्य सचेतना तथा स्वच्छताबारे विशेष शिविर
यस सम्बन्धमा सिक्किम विश्वविद्यालयद्वारा १५ जूनको दिन प्रतिभागीहरूको निम्ति विशेष शिविर आयोजन गरिएको थियो| एनएसएस स्वयंसेवीहरूद्वारा फोहोर प्रबन्धनका साथै स्वास्थ्य सचेतनाबारे सर्वेक्षण गरियो|
यसका साथै अप्पर याङगाङस्थित सरकारी उच्चतर साथै सरकारी वरिष्ठ उच्चतर स्कूलमा सचेतना कार्यक्रम पनि आयोजन गरियो भने याङगाङ बजारस्थित प्राथमिक स्वास्थ्य केन्द्रको पनि दौडाहा गरियो| यस असरमा महकुमा अधिकारी पीके राई, स्वास्थ्य अधिकारी डा. कानुप्रिय लगायत एनएसएस टोलीद्वारा स्वास्थ्य केन्द्र परिसरमा बिरुवा रोपन पनि गरियो| एनएसएसको भावी कार्यक्रमहरूमा अप्पर याङगाङको सम्बोधन गरिनुपर्ने सामाजिक मुद्दाहरूबारे पनि एनएसएस स्वयंसेवीहरूद्वारा महकुमा अधिकारी अनि चिकित्सा अधिकारीबीच चर्चा गरियो|
यस अवसरमा सरकारी वरिष्ठ उच्चतर स्कूलका साथै याङगाङ बजारमा सामाजिक मुद्दाहरू जस्तै स्कूल छोड्ने, बाल विवाह, लागू पदार्थको दुर्व्यसनी, आत्महत्या आदि विषय समेटेर लघु नाटक पनि प्रस्तुत गरियो, जसको दर्शकहरूले खुल्लामनका साथ प्रशंसा गरे| फोहोरहरू कसरी समुचित तरिकाले व्यवस्थापन गर्ने भन्नेबारे पनि एउटा वृत्तचित्र पनि दर्शकहरूसमक्ष पेश गरियो| स्कूलहरूका साथै याङगाङ बजारको भ्रमण अवधिमा हात धुने सात विधि पनि स्वयंसेवकहरूद्वारा प्रदर्शित गरियो| स्वच्छताको सन्देश फैलाउन स्कूले विद्यार्थीहरूमा साबुन पनि वितरण गरियो|
यसरी नै फोहोर प्रबन्धन, स्वास्थ्य सचेतना, बिरुवा रोपनसित सम्बन्धित सन्देशमूलक कार्डहरू पनि याङगाङ बजार र स्कूलहरूमा वितरण गरियो| याङगाङ बजारको प्राथमिक स्वास्थ्य केन्द्रमा एनएसएस स्वयंसेवीहरूद्वारा सर-सफाईको काम पनि गरियो| यहॉंका बासिन्दाहरूले नसड्ने फोहोरहरू जलाउने गरेको प्रकाशमा आएको कुरालाई ध्यानमा राख्दै एनएसएस स्वयंसेवीहरूको विचारमा फोहोर सङ्कलनका साथै यसको समुचित प्रबन्धनका लागि अप्पर याङगाङमा फोहोर ओसार्ने गाडी आवश्यक रहेको महसुस गरियो| यसरी नै अप्पर याङगाङमा सर्वेक्षण अनुरूप असर स्वास्थ्य सुविधाहरू आवश्यक रहेको सुझाउ पेश गरियो| शिविरका प्रतिभागीहरूका लागि सॉंझमा ध्यान तथा सामूहिक चर्चा-परिचर्चा कार्यक्रम पनि आयोजन गरिएको थियो|
यस दौहाडाको निम्ति एनएसएस टोलीको याङगाङका जनताबाट सहयोग तथा प्रशंसा प्राप्त भयो भने विशेष शिविरकै क्रममा २० अनि २१ जूनको दिन अन्तरराष्ट्रिय योग दिवसको अवसरमा निबन्ध लेखन, हाजिरी जवाफ प्रतियोगिता पनि आयोजन गरिने भएको छ| (पीआइबी)
Category: Education
0 comments