के तपाईं सामान्य दुखाईमा पनि पेनकिलर लिनुहुन्छ?
पेनकिलरले बढ़ाउन सक्छ तपाईंको पुरानो पीड़ा

नयॉं दिल्ली: केही समयको पीड़ा दूर गर्नको निम्ति हामी धेरैपल्ट पेनकिलर खाने गर्छौं| यसको कतिसम्म साइडइफेक्ट्स हुनसक्छ भन्ने जान्दा-जान्दै पनि हामी यो कार्य गर्छौं| अब नयॉं शोधबाट पेनकिलर खाने गर्दा धेरै पुराना पीड़ाहरूको अवधि बढ्ने गरेको थाहा लागेको छ|
अमेरिकाको यूनिवर्सिटी अफ कोलोराडो बाउल्डरबाट यस अध्ययनका मुख्य लेखक पीटर ग्रेसले भनेका छन्, हामीले आफ्नो शोधको माध्यमबाट मादक दवाईहरूको संक्षिप्त सेवनले पीड़ामाथि लामो अवधिको नकारात्मक प्रभाव पार्न सक्छ भन्ने थाहा पाएका छौं| शोधकर्ताहरूे अध्ययनको क्रममा नशालु पदार्थ जस्तै अफीमले मुसाको पुरानो पीड़ामा वृद्धि गरेको पाए|
ग्रेस अनुसार, अध्ययनको परिणामले मानवमा पीड़ा निवारक औषधिको वृद्धिले पुरानो पीड़ालाई बढ़ाउनमा महत्त्वपूर्ण भूमिका निर्वाह गर्नसक्ने देखाएको छ| अध्ययनमा यसले उपचारले समस्याको समाधान नगरेर त्यसलाई बढ़ाउन सक्ने देखियो|
यो शोध ‘प्रोसीडिंग्स अफ द नेशनल एकेडमी अफ साइन्सेज’ पत्रिकामा प्रकाशित भएको छ|
Category: Health Related News National others
0 comments