विश्व रक्तदाता दिवसको अवसरमा रक्तदानमाथि सचेत एवं जागरुक र्याली आयोजित
सिक्किम बडी बिल्डीङ एसोसिएशनका महासचिव अरूण गुरूङले रक्तदान नै जीवन दान रहेको विचार व्यक्त गर्दै मानिसहरूमा रक्तदान विषय जागरूक गराउन यस र्याली आयोजना गरिएको बताएका| र्यालीमा अन्य कतिपय सङ्गठनहरू जस्तै सिक्किम स्ट्रेन्थ लिफ्टिङ एसोसिएशन, राइडर्स कल्ब, विलर्स हब, गान्तोक वरपरका सबै जिमखाना, केही खेल संस्था तथा नाम्चीबाट पनि केही संस्थाका सदस्यहरूले भाग लिएका थिए|
गान्तोकदेखि रानिपुलसम्म गएको बाइक र्याली पुनः गान्तोक ङ्गर्केर आपपछि ङ्गेरि एउटा पैदल र्याली पनि आयोजना गरियो| स्थानीय एसएनटी परिसरदेखि शुरु भएको पैदल र्याली एमजी मार्ग, टिबेट रोड, हाई कोर्ट हुदै एसटीएनएम अस्पताल पुगेर समाप्त भयो|
रक्तदाता दिवसको अवसर पारेर आज बाइक अनि पैदल र्याली आयोजना गर्नुको अर्को उद्देश्य सिक्किमवासीमा भाईचारा अनि एकताको संदेश दिनु रहेको महासचिव गुरुङले थप बताए| र्यालीको समापनपछि विभिन्न संघ संस्थाका सदस्यहरूले एसटीएनएम अस्पतालमा रक्तदान पनि गरे|
उल्लेख्य, आजनै एसटीएनएम अस्पतालले साई मोबाइल ब्लड ब्याङ्कको सहयोगमा रक्तदान शिविर आयोजना गरेको थियो| एसटीएनएम अस्पतालका ब्लड ब्याङ्क प्रमुख डा. सीएम शर्माले आज दिनभरि १ सय युनिटभन्दा अधिक रगत सङ्ग्रह गर्ने लक्ष्य रहेको बताए|
Category: Health Related News Social
0 comments