मिडल चाेङराङ निम्नमाध्यमिक पाठशालामा दिवा भोजनको निम्ति पाकगृह अभाव रहेको गुनासो

Unknown | Sunday, June 19, 2016 | 0 comments

गेजिङ: पश्चिम सिकिकमकाे योकसम टासिडिङ समष्टि अन्तर्गत आरिथाङ चाेङराङ ग्राम पञ्चायत इकाईकाे मिडल चाेङराङ निम्नमाध्यमिक पाठशालाकाे मिड डे मिल किचन नभएको कारण खाने पकाउने र नानीहरूकाे निम्ति खान खाने स्थानमा समस्य भएको गुनासो सामुने आएकाे छ ।

विधालयका स्कुल प्रबन्धन समितिका सदस्य पुलिङ लेप्चाले जानकारी गराए अनुसार यसै विधालयकाे भवन निर्माण कार्य गर्दा भत्काएकाे किचन अहिलेसम्म निर्माण नभएकोले दिवा भाेजन सम्बन्धि विधार्थीलाई मात्रै होइन खाना पकाउने कुकलाई पनि उतिकै समस्य हुन पुगेको बताएका छन्।

कुकले अहिले भने आफ्नो घरबाट विधालयका विर्धाथी  नानीहरूलाई दिवा भाेजन पकाएर खुवाउने गरेको जानकारी गराएका छन । विधालय भवन निर्माण गर्ने ठेकादारकाे लापरबाहीले गर्दा अहिलेसम्म यस पाठशालाले उक्त विषयकाे समस्य भाेगी रहेकाे लेप्चाले जानकारी गराए ।

यश विषयलाई लिएर धेरै पटक सम्म ठेकादार अनि सम्बन्धित विभाग मानव संसाधन विकास  विभाग समक्ष गुनासो राखे पनि केही पहल नउठाएकाे कारण समाचार पत्रकाे शरण लिएको विधालय प्रबन्धन समितिले जानकारी गराएका छन ।

यश पाठशालाका विधार्थीले अहिले भने कुकले घरबाट पकाएर ल्याएकाे दिवा भाेजन गर्न वाध्य रहेका छन ।
उक्त समस्य माथि विभागले पनि यस विषयको गुनासाेमा चासाे नलिएकाे कारण आक्राेस ब्याक्त गरेका छन । विगत २ वर्ष यता यश विधालयका विधार्थीले यो समस्या भाेग्दै आएका छन ।

विधालय भवन निर्माण गर्ने ठेकादारले यस पाठशालाकाे निर्माण भएको किचन भत्काएर लथालिङ्ग पारे पछि अहिले भने दिवा भाेजन पकाउने ठाउँ नभएकोले कुकले आफनै घरमा पकाउदै स्कुलमा ल्याएर वितरण गर्नुपरेको जटिल समस्या बारे जानकारी दिदै शीघ्र यस विषयमा सरकार तथा विभागले पहल गरि दिनुपर्ने माग स्थानीय अविभावक तथा विधालय सञ्चालन समितिले माग उठाएका छन ।

Category:


0 comments

Check This too

loading...

Featured