सबैलाई अच्चम्भित पार्दै मेस्सीले लिए अन्तर्राष्ट्रिय फुटबलबाट संन्यास

कोपा अमेरिकाको फाइनलमा अर्जेन्टिनालाई टाइब्रेकरमा पराजित गर्दै चिलीले उपाधि हत्याएको छ। निर्धारित ९० मिनेट अनि त्यसपछि थपिएको ३० मिनेटको खेलमा दुवै दलले कुनै गोल गर्न नसकेपछि खेल गोलरहित बराबरीमा सकियो , जसपछि खेलको निर्णय टाइब्रेकरबाट लिइयो ।
जसमा ४-२ को जीतका साथ अर्जेन्टिनाले नै सन् १९४६ र १९४७ मा लगातार दुईपल्ट उपाधि जितेर बनाएको रिकर्डको बराबरी गऱ्यो।
अर्कोपट्टि मेस्सीको संन्यासको निर्णयपछि लाखौं फुटबलप्रेमी एवं विश्लेषकहरू आश्चर्यचकित बनेका छन्च। संन्यासको घोषणा गर्दै मेस्सिले भने,‘राष्ट्रिय टीमको निम्ति मेरो खेल समाप्त भयो। मेरो सक्दो प्रयास पश्चात् पनि हामी च्याम्पियन बन्न सक्दै म दुखी छु। ‘ सन् २००५ मा अर्जेन्टिनाको लागि डेब्यु गरेका २९ वर्षीय मेस्सीले अर्जेन्टिनाको लागि ११२ क्याप खेलेका छन्।
0 comments