सिक्किम राज्य भाजपाले गैर-राजनैतिक काम गरिरहेको एसडीएफको आरोप

Unknown | Wednesday, June 29, 2016 | 0 comments

गान्तोक: सिक्किम राज्य भाजपाले संवैधानिक संस्था र निकायमाथि आधारहीन, तथ्यहीन र गैर-जिम्मेवार वक्तव्य दिएर ऐन, कानुन र राज्यको हकभित्र पर्ने संवैधानिक हक-अधिकार र कार्यक्षेत्रको धज्जी उड़ाउने गैर-राजनैतिक काम गरिरहेको सत्तारूढ़ सिक्किम डेमोक्रेटिक फ्रण्ट पार्टीले आरोप लगाएको छ| 

उल्लेखनीय छ, हिजो भाजपा राज्य एकाइले एउटा प्रेस विज्ञप्ति जारी गर्दै एसबीएस ब्यांकलाई ‘एसडीएफ ब्यांक’-को संज्ञा दिएपछि सत्तारूढ़ पार्टीको यस्तो प्रतिक्रिया आएको हो| 

‘‘सिक्किम राज्य ब्यांक हाम्रो इतिहाससँगै जोड़िएको ब्यांक हो| यो पूर्णरूपले राज्य सरकारको देखरेखअन्तर्गत पर्दछ| यस्तो कानुनी र प्रशासनिक विषयलाई हल्का र सस्तो रूपमा राज्य भाजपाले उठाएर सिक्किमको ऐतिहासिक चिन्हारीलाई धुमिल बनाउने भाजपा अध्यक्षको पराजित मानसिकता सिक्किम र सिक्किमेली जनताविरोधी रहेको’’ भन्दै एसडीएफले भाजपाको बयानको निन्दा गरेको छ| 

‘‘राज्य सरकारको पूर्ण नियन्त्रणमा रहेको यो ब्यांकले सिक्किमेली गरीब जनता र उद्यमी जनतालाई उत्पादनसँग जोड़्ने काम गरिरहेको छ भने जनताका निजी समस्याहरूलाई पनि सस्तो दरमा ऋण भुक्तान गरेर सहयोग गरिरहेको छ| यो विशुद्ध राज्य सरकारको विषेश अधिकारभित्र पर्दछ’’, एसडीएफको स्पष्टीकरण छ| यसैगरी, विज्ञप्तिा अझ भनिएको छ,‘‘भाजपा अध्यक्ष अनि गैर-जिम्मेवार व्यक्ति र संस्थाहरूसँग कानुन व्यवस्था सञ्चालन गर्न सरकारले गुहारी रहनु पर्दैन| विधि, विधान र कानुन व्यवस्थालाई शिरमा राखेर एसडीएफ सरकारले अहिले २२औं वर्ष पुरा गरेर रजत जयन्तीको संघारतिर आइपुगेको छ| भर्खर-भर्खर ताते सर्नलागेका गैर-जिम्मेवार व्यक्ति, संस्था र पार्टीहरूले खाली विरोधको रूपमा विरोध गर्नु मात्र राजनीति होइन|’’

 भाजपाको बयान ‘अराजक’ भन्दै एसडीएफले त्यसको निन्दा गरेको छ| 

Category:


0 comments

Check This too

loading...

Featured