जङ्गु क्षेत्रका विभिन्न पूल निर्माणलाई लिएर जिल्लापालको अध्यक्षता सभा सम्पन्न

Unknown | Wednesday, June 15, 2016 | 0 comments

मगनः उत्तर सिक्किमको जङ्गु क्षेत्रका विभिन्न स्थानमा रहेका चारवटा पूलको निर्माण कार्यको विषयलाई उत्तर जिल्लाका जिल्लापालको कक्षमा एक सभा बस्यो| 

जिल्लापाल कर्मा आर बन्पोको अध्यक्षतामा सम्पन्न सभामा जङ्गुका महकुमा अधिकारी छिरिङ दोर्जी भोटिया, ग्रेफका सहायक कार्यकारी अभियन्ता कृष्ण कुमार शर्मा तथा  ठेकादार महाविर प्रसाद अग्रवाल उपस्थित थिए|

यस अवसरमा जङ्गु क्षेत्र भित्र पर्ने साङकालाङ, डेड खोला, मानेछु तथा रिङ छुको पूल निर्माणबारे छलफल गरियो| फरेष्ट क्लियरेन्स नभएको कारण स्थगित रहेको यी पूलको निर्माण कार्य आगामी अक्टोबर महिनादेखि शुरू गर्ने जिल्लापाल कर्मा आर बन्पोले ग्रेफलाई निर्देश दिए| 

उनले भने, यस कार्यसित सम्बन्धित सम्पूर्ण जमीनि कार्य सितम्बर महिना भित्रमा पूरा गरिनुपर्छ| (आईपीआर उत्तर)

Category:


0 comments

Check This too

loading...

Featured