वर्षाका कारण उत्तर सिक्किमको बे पूल जीर्णावस्थामा
यस पूलबाट भएर पेनतोङ अनि साक्योङका मानिसहरू आवत जावत गर्दछन्| यी स्थानमा जाने कुनै पनि सम्पर्क सडक नभएको कारण त्यहॉंका मानिसहरू यसै पूलबाट भएर आवत जावत गर्ने गर्दछन्|
उत्तर जिल्ला मुख्यालयबाट लगभग २५ किलोमिटर टाडोमा रहेको बे गाउँ जङ्गु समष्ठिको साक्योङ-पेनतोङ ग्राम पञ्चायत एकाईमा पर्दछ्| जुन गाउँ जङ्गुको सबैभन्दा पल्लो छेउमा रहेको गाउँ हो|
यस अतिरिक्त पूलको छेउछाउमा पनि जमीन केही धस्किएको अवस्था छ्| मानिसहरूको आवत जावतका निम्ति सुरक्षा प्रदान गर्न प्राकृतिक आपदा कोषबाट जिल्ला कार्यालयअन्तर्गत आज जिल्लापाल कर्मा आर बन्पोले एक लाख अस्थायी सुरक्षा वाल लगाउनका लागि प्रदान गर्ने भएका छन्|
यस घटनाको जायजा लिन आज सम्बन्धित महकुमा अधिकारी छिरिङ दोर्जी भोटियासितको एक टोली घटना स्थलमा पुग्यो| यस अवसरमा उनीसित उत्तरको जिल्ला पञ्चायत शाखाका क्षेत्रीय अभियन्ता सुबास सिञ्चुरी, कनिष्ठ अभियन्ता फुचुङ भोटिया लगायत ग्राम पञ्चायत एकाईका पञ्चायत सदस्यहरू रहेका थिए्| (आईपीआर उत्तर)
Category: various
0 comments