छाला बिना जन्मिएका बच्चाको मृत्युः मात्र ४८ घण्टा जिवित रहे
नागपुरमा जन्मिएको ‘हार्लेक्विन बेबी’ को ४८ घण्टा पछि नै मृत्यु भएको छ| देशमा यसलाई यस प्रकारको यो पहिलो मामिला मानिएको थियो|
यस रोगमा बच्चाको बाहिरी छाला विकसित हुन पाउँदैन र शरीरको आन्तिर अंग स्पष्ट देखिन्छ्| छाला सेतो मोटो प्लेटमा विभाजित हुँदछ र यसमा गहिरो चिरा पर्दछ| सोमवार रातसम्म डक्टर्सको लगातार प्रयास पश्चात् पनि बच्चालाई बचाउन सकिएन|

नागपुरको लता मंगेशकर अस्पतालकी डीन डा. काजल मित्राले बच्चालाई बिहानदेखि नै श्वास लिनमा समस्या भइरहेको थियो र उसलाई वेण्टीलेटरमा राखिएको थियो|
गत शनिवार सॉंझ महाराष्ट्रको विदर्भ क्षेत्रमा अमरावती निवासी २३ वर्षीय महिलाले यो नानीलाई जन्म दिएकी थिइन्| १.८ किलोका यी बच्चा रेयर बर्न डिसीज ‘हार्लेक्विन एचथियोसिस’ रोगी सित जुझिरहेका थिए|
विश्वमा १७५० देखि अहिलेसम्म यस्तो १२ मामिला प्रकाशमा आइसकेका छन्|
यस रोगले ग्रस्त पहिलो बच्चा अमेरिकाको साउथ कैरोलीनामा अप्रेल १७५० मा जन्मिएको थियो| भारतमा यसलाई पहिलो मामिला मानिएको थियो|
डक्टरहरू अनुसार यो मामिला आफै आफमा पूरै भिन्न छ| यस्तो केसमा स्किनमा सँधै वैसलीन आदि लगाउने सल्लाह दिइन्छ| उपचारपछि पनि स्किन पूर्ण रूपले ठीक हुनसक्दैन|
Category: Health Related News National
0 comments