उत्तर जिल्ला जिल्लापाल बन्पोको अगुवाईमा एक टोलीद्वारा काबी-तिङदा समष्टिका दुई जीपीयूको भ्रमण
जिल्लापाल बन्पोसित भ्रमण अवधि रहेको टोलीमा अतिरिक्त जिल्लापाल (विकास), महकुमा अधिकारी कबी यादव कृष्ण काफ्ले, शिक्षा, बागवानी तथा पशु पालन विभागका संयुक्त निर्देशक, प्रधानमन्त्री ग्राम सडक योजनाका डीई, पर्यटन विभागका सहायक अभियन्ता, मगन र काबी-तिङदाका खण्ड विकास अधिकारी, अवर सचिव लगायत सम्बन्धित जीपीयू-का जिल्ला पञ्चायद एवं पञ्चायत सदस्यहरूको उपस्थिति थियो|
जिल्लापाल कर्मा आर बन्पोको तत्पर्तामा शुरू गरिएको फिल्ड भिजिटअन्तर्गत आज जिल्ला प्रशासनको टोलीले तनेक र रामथाङ प्राथमिक सरकारी स्कूल, फुदोङ सरकारी वरिष्ठ माध्यमिक स्कूल, ज्वाहार नवोदय विद्यालयको निरीक्षण गर्यो| यस अतिरिक्त टोलीले मानिलाखाङ गुम्पा, रङगङ माने गुम्पा, लाबराङ गुम्पा, फुदोङ थुपतेन टाशी छोकर्लिङ गुम्पा अनि यसै परीसरमा रहेको आनी गुम्पाको पनि भ्रमण गर्यो| टोलीले आज लुङचोक एकीकृत बाल विकास योजना (आईसीडीएस) केन्द्र, नामोक भीएलडब्ल्यू, रामथाङ पीएचएससी, निर्माणाधिन पञ्चायत भवन, फुदोङ पीएचसी तथा फुदोङस्थित पर्यटन आवास गृह तथा वाहन विसौनीका लागि निर्माण गरिने स्थानको निरीक्षण गर्यो|
रामथाङ-तनेक जीपीयू-बाट आफ्नो भ्रमण शुरू गरेका जिल्लापालको टोलीले पहिला तनेक सरकारी प्राथमिक स्कूरको निरीक्षण गर्यो| जिल्लापालले यस अवधि विगत २०११-मा आएको विनाशकारी भूकम्पले क्षतिग्रस्त भएको पुरानो स्कूल भवनलाई भत्काउन कबीका महकुमा अधिकारीलाई निर्देश दिए्| त्यसपछि उनले निर्माणाधिन मानिलाखाङ गुम्पाको पनि निरीक्षण गरे| स्थानीयवासीले स्नेहा काइनेटिक इनर्जीबाट प्राप्त १० लाख राशीको सहयोगमा यस गुम्पाको निर्माण गरिरहेका छन्|
जिल्लापालले सम्बन्धित खण्ड विकास अधिकारीलाई रामथाङ पीएचएससी-को मरमत्तका लागि पहल गर्ने पनि निर्देश दिएका छन्| जिल्ला कोषको ३० लाख लागतबाट निर्माण हुँदै गरेको एक तले रामथाङ पञ्चायत भवनको पनि जिल्लापाल बन्पो लगायत उनको टोलीले निरीक्षण गर्यो|
बन्पोले रङगङ-तुमलोङ जीपीयू-अन्तर्गत पर्ने माने गुम्पाको सुधार, फुदोङ स्कूलमा जलापूर्ती, फुदोङ पीएचसी-को छानाको मरमत तथा जलापूर्ती तथा फुदोङ गुम्पामा सुरक्षा वालको लागि पहल गर्न कबीका महकुमा अधिकारीलाई निर्देश दिएका छन्|
भ्रमण अवधि फुदोङ स्कूलको पक्षबाट जिल्लापाललाई स्कूल परिसरमा फ्यान्सिङ, वरिष्ठ कक्षाका लागि प्रयोगशालाको आठवटा कम्पार्टमेन्ट तथा प्राथमिकस्तरका लागि चारवटा कम्पार्टमेन्ट, पुरानो स्कूल भवनसम्मका लागि फुटपाथ तथा छात्र एवं छात्राको अलग अलग छात्रावास आदिको माग राखे| यी कुरालाई जिल्लापालले पहल गरिने आस्वासन दिएका छन्| यी कुरालाई जिल्लापालले पहल गरिने आस्वासन दिएका छन्| टोलीले तुमलोङ राजदरवारको पनि भ्रमण गर्यो| यो दरवार सिक्किमको तेस्रो राजधानी हो| (आईपीआर उत्तर)
0 comments