राज्यको विभिन्न मागका साथ जम्बो टोलीसहित मुख्यमन्त्री चामलिङ दिल्ली प्रस्थान
नयॉं दिल्ली भ्रमण क्रममा उनले प्रधानमन्त्री नरेन्द्र मोदीलगायत केन्द्रिय गृह मन्त्री राजनाथ सिंह, केन्द्रिय गृह राज्य मन्त्री किरण रिजिजु, जनजाति मामिला मन्त्री जोएल उराउँ, कानून तथा न्याय मन्त्री सदानन्द गौड़ालगायत अन्य केन्द्रिय मन्त्रीहरूलाई भेट गर्ने कार्यक्रम रहेको छ|
मुख्यमन्त्री जम्बो टोली लिएर आज नयॉं दिल्ली जानअघि उनको सरकारी निवास मिन्तोकगाङमा एसडीएफ पार्टीका नेता-नेतृ तथा विभिन्न संघ संस्थाका प्रतिनिधिहरूले दिल्ली भ्रमणको निम्ति बधाई तथा शुभकामना दिए| नयॉं दिल्ली प्रस्थान हुने क्रममा राज्यको प्रवेशद्वार रम्फूको पर्यटन गृहमा पनि पार्टी कार्यकर्ताहरू तथा संघ संस्थाका प्रतिनिधिहरूले मुख्यमन्त्रीसहितको टोलीलाई नयॉं दिल्ली भ्रमणको निम्ति शुभकामना प्रकट गरे|
टोलीले १५ जूनको दिन प्रधानमन्त्री श्री नरेन्द्र मोदीसित भेट गर्ने जानकारी प्राप्त भएको छ|
Category: Sikkim Government
0 comments