नानीहरूको निम्ति ट्रेनमा फास्ट फूड अनि स्टेशनमा बेबी फूड पनि उपलब्ध रहने

‘जननी सेवा’ नामको यस योजनाअन्तर्गत रेलवे केवल ठूला यात्रीहरूको निम्ति मात्र नभएर बाल-बच्चाहरूको यात्रा पनि सहज होस् भन्ने ध्येयले विभिन्न स्टेशनहरूमा तातो दूध, पानी र बेबी फूड जस्ता आवश्यक सामानहरू उपलब्ध गराउने छ|
एक महिलाले रेल मन्त्री सुरेश प्रभुसित आफ्ना नानीको निम्ति रेल परिसरमा दूध अथवा बेबी फूड नरहेका कारण आफूलाई धेरै समस्याहरूको सामना गर्नु परेको गुनासो पाखेका थिए, जसपछि रेल मन्त्री सुरेश प्रभुले यो पहल शुरू गरेका छन्|
यो सेवाको सुुरुआत लगभग २५ स्टेशनबाट गरिँदैछ, जसमा नयॉं दिल्ली, मुम्बई सेण्ट्रेल, हावड़ा, चेन्नई, नागपुर, पुणे र लखनऊ सामेल छन्| शिशुहरू अतिरिक्त रेलवेले ट्रेनमा यात्रा गर्ने ५ देखि १२ वर्षका नानीहरूको निम्ति मेन्यूमा बर्गर जस्ता फास्ट फूडलाई पनि सामेल गरेको छ|
0 comments