सिङताम उच्चतर् माध्यमिक विद्यालयेद्वारा पारम्परिक परिहण प्रतियोगिता आयोजित

Unknown | Saturday, June 04, 2016 | 0 comments

सिङताम, ४ जूनः पूर्व सिक्किमको सिङताम उच्चतर माध्यमिक विद्यालयले विद्यार्थीहरुबीच अन्तर गृह  पारम्परिक पहिरण प्रतियोगिता आयोजित गर्‍यो| प्रतियोगितामा विद्यालयका  चारैवटा हाउसका १०-१० जोड़ी प्रतियोगीले विभिन्न जातिका पहिरणहरु लगाएर मञ्चमा आफ्नो प्रस्तुति दिए|

प्रतियोगिताको निर्देशक मण्डलीले ग्रीन हाउसलाई प्रथम, ब्लू हाउसलाई दोस्रो अनि येल्लो हाउसलाई तेस्रोे विजेताको रूपमा घोषित गर्‍यो भने एकलमामा लिम्बू जातीय पहिरनमा कक्षा १० का रुपेश राई र सुश्री मनिषा राई, दोस्रोमा भोटिया पहिरनमा कक्षा १० कै सुमित राई र सुश्री छुङ्छुङ भोटिया अनि तेस्रोमा दुई जोड़ीलाई राई जातीय पहिरनमा कक्षा १२ का सौरभ छेत्री र सुश्री सुस्मिता राई र अर्को जोड़ीलाई तमाङ समुदायको पहिरनमा कक्षा १२ कै सुश्री दिप्ती तामाङ र सुनील तामाङलाई विजेता घोषित गरियो|

मुख्य अतिथिको रूपमा उपस्थित सिक्किम बिहारी जागरण मञ्चका सभापति स्वामिनाथ प्रसाद र विशिष्ट अतिथिका रूपमा उपस्थित पूर्व पार्षद् विकास प्रसादको बाहुलीबाट विजेता टोली एवं विद्यार्थीहरूलाई पुरस्कार स्वरूप ट्राफी र प्रमाण पत्र प्रदान गरियो|

मुख्य अतिथि स्वामिनाथ प्रसादले आफ्नो सम्बोधनमा पाठशालाको क्रियाकलापको सराहना गर्दै पाठशालाको निम्ति १०० वटा चेयर प्रदान गर्ने घोषणा गरे| अर्कापट्टि आज नै सोही पाठशालामा निम्न कक्षामा अध्ययनरत् विद्यार्थीहरुका अभिभावकहरूका साथ पाठशालाका शिक्षक-शिक्षिका र प्राचार्यबीच एक समन्वयक बैठक सम्पन्न भयो|

Category:


0 comments

Check This too

loading...

Featured