नन्दुगाउँमा ‘सहकारी शिक्षा अनि सहकारी समिति सदस्य बन्दाको लाभ’ माथि एक दिवसीय जागरूकता कार्यक्रम सम्पन्न
उक्त जागरूकता कार्यक्रम पोकलोक डेनचुङ, तिनिक चिसोपानी अनि सालघारी ग्राम पञ्चायत यूनिटको आयोजना गरिएको थियो, जसमा मुख्य अतिथिको रूपमा सिक्किम विधानसभा अध्यक्ष केएन राई उपस्थित थिए|
यस कार्यक्रममा अन्य अतिथिहरूमा सहकारी विभागका सल्लाहकार, सम्बन्धित जिल्ला पञ्चायत, पञ्चायत अध्यक्ष तथा पञ्चायत सदस्यगण, जोरथाङका एसडीएम, जोरथाङका बीडीओ, सहकारी विभागका अतिरिक्त पञ्जीयक, सिस्को ब्याङ्कका एजीएम, नन्दुगाउँ उच्चतर् माध्यमिक विद्यालयका प्रधानाचार्य, सहकारी विभागका अधिकारीगण, विभिन्न सहकारी समितिका प्रतिनिधिहरू तथा स्थानीयहरूको उपस्थिति रहेको थियो|
यस कार्यक्रमको मुख्य उद्देश्य सहकारी शिक्षा प्रदान गर्नु अनि यसको लाभहरूको जानकारी प्रदान गर्नु रहेको थियो|
Category: Social
0 comments