राज्य सरकारले लिम्बू-तामाङ समुदायलाई केवल सीट दिने कुरा मात्र गरिरहेको छः प्रदेश कांग्रेस
सिक्किम प्रदेश कांग्रेस कमिटीका अध्यक्ष भरत बस्नेत र उपाध्यक्ष एस.बी गुरूङ सप्ताहव्यापी दिल्ली भ्रमण कार्यक्रम सिध्याएर सिक्किम ङ्गर्किएका छन्| पार्टी महासचिव तारा श्रेष्ठ अनुसार दिल्ली भ्रमणको समय अनुसूचित जनजाति लिम्बू तामाङद्वारा जंतर मंतरमा आयोजित दुई दिवसीय धरणामा सहभागी बने| यसरी नै लिम्बू तामाङ संयुक्त कारवाही समितिका शीर्ष टोलीलाई अखिल भारतीय राष्ट्रिय कांग्रेसकी अध्यक्षा, उपाध्यक्ष लगायत विभिन्न नेताहरूसित भेटवार्ता गराएको पनि बताइएको छ|
सिक्किम प्रदेश कांग्रेसले गत ङ्गरवरी महिनादेखि लिम्बू तामाङ अनुसूचित जनजातिको राजनैतिक अधिकार सिक्किम विधानसभामा सीट आरक्षणको निम्ति लगातार आवाज उठाइरहेको बताएको छ| प्रदेश कांग्रेसले यस मुद्दालाई राज्य अनि राष्ट्रिय स्तरमा इमान्दारीपूर्वक अगाड़ि बढाउने कार्य गरिरहेको र लिम्बू तामाङ समुदायलाई विध्यमान राज्यको ३२ आसनबाटै सीट आरक्षण गरिनु पर्छ भन्ने अड़ान लिएर प्रदेश कांग्रेसले काम गरिरहेको बताइएको छ|
Category: Politics

0 comments